Thursday, July 9, 2026
spot_img

वाणिज्य विभागले एकैदिन ८ कन्सल्टेन्सीलाई तिरायो ६ लाख जरिवाना

spot_img

वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले थप ८ वटा कन्सल्टेन्सीलाई नगद जरिवाना गरेको छ । बिहिबार गरिएको बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ति कन्सल्टेन्सीलाई जरिवाना गरिएको विभागले जनाएको छ ।

जस अनुसार विभागले काठमाडौँ महानगरपालिका २८ स्थिति रिड एजुकेशन हब प्रा.लि.लाई १ लाख जरिवाना तोकेको छ । काठमाडौँ २८ कै परसुट अब्रोड स्टडिजलाई पनि १ लाख नै जरिवाना तोकेको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २८ कै इनोभा एजुकेशन कन्सल्टेन्सी प्रा.लि.लाई पनि १ लाख नगद जरिवाना तोकेको विभागले भक्तपुर नगरपालिका ४ को स्याउराइ इन्टरनेशनल एजुकेशन प्रा.लि.लाई पनि १ लाख नै जरिवाना तोकेको छ ।

यस्तै, काठमाडौँ महानगरपालिका २८ को प्यासन फाउण्डेशन प्रा.लि. र सोही ठेगाना भएको काइट कन्सल्टेन्सी प्रा.लि.लाई विभागले ५१/५१ हजार जरिवाना तोकेको छ । काठमाडौँ १६ को छाङमी एजुकेशन प्रा.लि. र भक्तपुर नगरपालिका ३ को आशिर्वाद ल्याङ्वेज स्कुललाई जनही ५०÷५० हजार नगर जरिवाना तोकेको छ ।

यसैगरी, अरु थप ८ वटा कन्सल्टेन्सीलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन पनि दिइएको विभागले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त...

ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी

युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा, २५ प्रतिशत काम सम्पन्न

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा...

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...
spot_img