Sunday, August 30, 2026
spot_img
spot_img

सिद्धार्थ क्यापिटलको ओपन म्युचुअल फण्डद्वारा पहिलो पटक लाभांश घोषणा

spot_img

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेको छ। सिद्धार्थ बैंक  कोष प्रबर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको हो।

आर्थिक वर्ष २०८१/०८२  को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८२/०४/११ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितीको १९१ औं बैठकले आर्थिक वर्ष २०८१/ ०८२ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि साउन ११ गते बुक क्लोज गरिएको छ । साउन ११ गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।

यो योजना एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछिको) लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT Account)मा  इकाईहरु पठाईने क्यापिटलले जनाएको छ । अन्यको हकमा बैंक खातामा नगद लाभांश पठाइने छ ।

संचालनमा आएपछि “सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम” ले पहिलो पटक लाभांश घोषणा गरेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...