छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले साउन ५ गते शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने २७ हजार ५ सय ३४ जना आवेदकलाई ३५ लाख ७० हजार ९ सय ४३ कित्ता हकप्रद शेयर बाँडफांड गरिएको छ। माग भन्दा बढीको आवेदन दिनेलाई साउन ८ गतेदेखि पैसा फिर्ता गरिने क्यापिटलले जनाएको छ।
अब हकप्रदमा बिक्री नभएको २ लाख ९८ हजार ८ सय ३२ कित्ता शेयर साउन १४ गतेदेखि साउन २१ गतेसम्म लिलाममा आउने छ। शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।
लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

कम्पनीले जेठ २३ गतेदेखि असार २७ गतेसम्म हकप्रद बिक्री गरेको थियो । कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।













