उन्नति सहकार्य लघुवित्तले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन १७ गते साधारणसभा आह्वान गरेको हो।
सभामा संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन गरी ६२.४१ प्रतिशत कायम गर्ने तथा सर्वसाधारण तर्फको शेयर स्वामित्व परिवर्तन गरी ३७.५९ प्रतिशत कायम गर्ने गरी वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पेश हुने छ।
त्यस्तै वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै संशोधन, फेरवदल वा परिमार्जनका लागि निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ।
कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि साउन ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।












