नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति वाचन गर्न सुरु गरेका छन्। मौद्रिक नीतिको विभिन्न संचारमाध्यमहरुबाट लाइभ भईरहेको छ ।
राष्ट्र बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको थियो । बैंकमा खर्वौको लगानीयोग्य रकम रहेकोले कर्जा प्रवाह बढ्ने गरि विस्तारित मौद्रिक नीति आउने बताईएको छ। बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले दिएका सुझाव पनि मौद्रिक नीतिमा समेटिने छ । त्यस्तै बैंकको नयाँ लाइसेन्स खुलाउने विषय पनि मौद्रिक नीतिमा आउने बताइन्छ । गभर्नर पौडेलले अर्थ समितीको बैठक मै नयाँ लाइसेन्स खोल्नु पर्ने बताइसकेका थिए ।
मौद्रिक नीतिमा व्यवसायिको माग बमोजिम चालू पूंजी कर्जा मार्गदर्शनमा अझै संशोधन गर्ने विषय आउने सम्भावना पनि रहेको छ ।
हेर्नुस लाइभ :













