Wednesday, May 6, 2026
spot_img
spot_img

बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खुल्यो, यस्ता छन् शर्त

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असंचिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) निष्काशन गर्ने बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा नवौं संशोधन गर्दै बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको हो।

बोर्डले गरेको व्यवस्था अनुसार  नेपाल राष्ट्र बैंकबाट अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशनका लागि स्वीकृति पाएको बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिन सक्नेछ । शेयर निष्काशन गर्न चाहने बैंक तथा वित्तीय संस्थाले अंकित मूल्य रू. १०० कायम गरी निष्काशन गर्नुपर्नेछ ।

शेयर निष्काशन गर्ने बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत् ५० जना भन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्र निष्काशन गर्न सक्नेछ । निष्काशन हुने शेयरमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैन ।

शेयर निष्काशन गर्दा सम्भावित संस्थागत लगानीकर्तालाई धितोपत्रसम्बन्धी विशेषता सहित जोखिम उद्घोषण विवरण ( Risk Disclosure Statement) उपलब्ध गराउनुपर्नेछ । साथै, लगानीकर्ताबाट उक्त विवरण पढेको बुझेको भन्ने व्यहोरा खुलाई लिखित रूपमा कागजात समेत निवेदनसाथ संलग्न गर्ने व्यवस्था गर्नुपर्नेछ ।

निष्काशन भएको शेयरको अभौतिकीकरण केन्द्रीय निक्षेप कम्पनीले र सूचिकरण तथा कारोबार प्रक्रिया धितोपत्र बजारले तोकेको व्यवस्था अनुसार हुनेछ। यी शेयर कारोबार संस्थागत लगानीकर्ताले मात्र खरिद विक्री गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ ।
शेयरमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले खरिद विक्री गर्न सक्ने छैन ।

अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशन गर्ने बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफा आर्जन गरेको अवस्थामा नियमन निकायबाट रोक लगाएको अवस्थामा बाहेक यस्तो शेयरको लाभांश वितरण नगर्ने निर्णय गर्न पाइने छैन।
अविमोच्य असंचिति अग्राधिकार शेयरको विवरण सम्बन्धमा बोर्डले समय समयमा आवश्यक व्यवस्था तोकिदिन सक्नेछ ।
निष्काशन भएको धितोपत्रको फिर्ता वा साधारण शेयरमा परिवर्तन सम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले तोकिदिए बमोजिम हुनेछ ।

अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशन गर्दा विवरण पत्रमा देहाय बमोजिमको व्यहोरा समेत उल्लेख गर्नुपर्नेछ:-

१. अविमोच्य अंसचिति अग्राधिकार शेयरमा लगानी गर्दा जोखिम उद्घोषण विवरण (Risk Disclosure Statement) को समेत अध्ययन गरी लगानी सम्बन्धी निर्णय लिन सुझाव गरिन्छ ।

२. अविमोच्य असंचिति अग्राधिकार शेयरमा निहित जोखिम र नोक्सानी प्रशोचनका क्रममा हुन सक्ने अपेक्षित प्रक्रिया तथा परिणामहरू उल्लेख गरिएको जोखिम उद्घोषण विवरण (Risk Disclosure Statement) संलग्न गर्नुपर्नेछ ।

३.  विवरणपत्रमा अन्र्तनिहित जोखिम तथा सो व्यवस्थापनको लागि व्यवस्थापनको धारणा अन्तर्गत अविमोच्य असंचिति अग्राधिकार शेयरको लाभांश भुक्तानी तथा परिवर्तनका सम्बन्धमा उत्पन्न हुन सक्ने जोखिम र सोको व्यवस्थापनका लागि व्यवस्थापनको धारणा समेत उल्लेख गर्नुपर्नेछ ।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसोसियटतर्फ सचिन ढकाललाई सर्वाधिक मत, कसले कति ल्याए ?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा...

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर र कृष्णप्रसाद निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा...

वैदेशिक रोजगारीमा रहेकाले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन...

सर्वसाधारणलाई टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ आजदेखि

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख २३ गतेदेखि...

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...
spot_img