Saturday, May 9, 2026
spot_img

बजारमा अधिक तरलता: बैंकहरुले ४२ दिनको लागि राष्ट्र बैंकमा ३५४० करोड राखे

spot_img
spot_img

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार २२ गते बजारबाट ३५ अर्ब बढी रकम खिचेको छ । राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले ४२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिचेको हो ।

आज राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन बोलकबोलको लागि सूचना जारी गरेको थियो। जसमा १५ वटा बैंक तथा वित्तीय संस्थाबाट १९ वटा विड परेको थियो । जसमा बैंकहरुले ३५ अर्ब ४० करोड राष्ट्र बैंकमा राख्न प्रस्ताव गरेका थिए । ४५ अर्ब खिच्न खोजिएकोमा कम आवेदन परेपछि राष्ट्र बैंकले आवेदन परेको जति पुरै ३५ अर्ब ४० करोड रकम संकलन गरेको छ । यो रकमको लागि बैंकहरुले न्युनतम २.९९९९ प्रतिशत र अधिकतम ३ प्रतिशत ब्याज प्रस्ताव गरेका थिए । राष्ट्र बैंकले ३ प्रतिशतको भारित औसत ब्याजदरमा  रकम संकलन गरेको हो ।

बैंकहरुले ४२ दिनको लागि ३ प्रतिशतको भारित औसत ब्याजदरमा ३५ अर्ब ४० करोड रकम राष्ट्र बैंकमा राखेका हुन् । राष्ट्र बैंकले भदौ १ गते सो रकम फिर्ता गर्ने छ ।

के हो निक्षेप संकलन ?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क
तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिन्छ। निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिन्छ। समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिन्छ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइदैन। तर, राष्ट्र बैङ्कको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img