Thursday, June 25, 2026
spot_img

ऊर्जा मन्त्रालयद्वारा आफु मातहतका कम्पनीका सिइओ र संचालकलाई राजीनामा दिन निर्देशन

spot_img
spot_img

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफु मातहतका सबै कम्पनीका सीइओ र संचालक समितिका सदस्यहरुलाई राजीनामा दिन निर्देशन दिएको छ । बिहीबार ऊर्जा सचिव चिरन्जीवी चटौतले मन्त्रालय मातहतका सबै कम्पनीका सीइओ र संचालक समितिका सदस्यहरुलाई बोलाएर राजीनामा दिनको लागि आग्रह गरेका मन्त्रालय मातहतका एक कम्पनीका सीइओले जानकारी दिए।

ति सीइओका अनुसार सचिव चटौतले एचआईडीसीएल, बुढीगण्डकी जलविद्युत कम्पनी, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, विद्युत उत्पादन कम्पनी र वैकल्पिक उर्जा प्रबर्दक केन्द्रका सीइओ र संचालकहरुलाई राजीनामा दिन भनेका हुन् । उनीहरुलाई कुनै पत्र नदिएको तर नयाँ जनादेशको सरकारले नयाँ ढङ्गबाट काम गर्न खोजेकोले मौखिक रुपमा राजीनामा गर्नको लागि भनिएको छ।

हाल एचआईडीसीएलको सीइओमा प्रजेश विक्रम थापा, बुढीगण्डकी जलविद्युत कम्पनीको सीइओमा अरुण रजौरिया, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सीइओमा सागर श्रेष्ठ र वैकल्पिक उर्जा प्रबर्दक केन्द्र कार्यकारी निर्देशकमा नव राज ढकाल रहेका छन्।  विद्युत उत्पादन कम्पनीमा भने सीइओ पद रिक्त छ । यी निकायका संचालकहरुमा भने विभिन्न मन्त्रालयका उच्च कर्मचारीहरु पदेन सस्दयको रुपमा छन्। कर्मचारी पदेन रहने सदस्य बाहेक अन्य नियुक्ति लिएकाको हकमा राजीनामाको लागि आग्रह गरिएको बताईएको छ।

राजीनामा दिन भनिएका मध्ये एक सीइओले बिना आधार राजीनामा दिँदा आफुले अक्षम देखिने र गल्ति गरेको जस्तो देखिने भएकोले एक पटक  मन्त्री समक्ष आफ्ना कुरा राख्ने वातावरण बनाईदिनको लागि सचिवमार्फत आग्रह गरिएको बताए। उनले सरकारले भनेपछि आफु राजीनामा दिन तयार रहेको तर एकपटक मन्त्री समक्ष कुरा राख्नको लागि आग्रह गरिएको बताए।

उनका अनुसार सरकारले हटाएमा वा हट्न भनेमा सो पत्र सहित कानूनी उपचारमा जान सकिने भएपनि सरकारले लिखितमा केही पनि नदिएकोले कानूनी उपचारमा जान असम्भव भएको उल्लेख गरे।  आफुहरुको नियुक्ति राजनीतिक नभई लोक सेवा आयोगका प्रतिनिधि सहितको उपस्थितिमा सम्पूर्ण प्रक्रिया पुरा गरेर नियुक्त लिएको उनको भनाई छ । यद्यपि आफुपनि देशको एक नागरिक नै रहेकोले सरकारले हट्न भनेपछि राजीनामा दिने उनी बताउछन् ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img