Thursday, July 16, 2026
spot_img

सूचीकृत कम्पनीको वर्गीकरणमा ब्यापक फेरबदल गर्ने नेप्सेको तयारी, हाइड्रो समूह हटेर इनर्जी

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचीकृत कम्पनीहरुको क्षेत्रगत वर्गीकरणमा ब्यापक फेरबदल गर्ने तयारी गरेको छ। कम्पनीको प्रकृति अनुसार अहिले रहेको वर्गीकरणमा ब्यापक फेरबदल गर्ने तयारी नेप्सेले गरेको हो।

हाल नेप्सेमा सूचीकृत कम्पनीहरुलाई एक दर्जन वटा समूह बनाएर वर्गीकरण गरिएको छ। हाल कम्पनीहरुलाई वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, ट्रेडिङ, इन्भेष्टमेन्ट, हाइड्रोपावर र अन्य समूहमा वर्गीकरण गरिएको छ।

तर कतिपय कम्पनीहरु कम्पनीले काम गर्ने प्रकृति अनुसार अमिल्दो समूहमा राखिएको गुनासो बढेपछि नेप्सेले अब वर्गीकरणमा ब्यापक फेरबदल गर्ने तयारी गरेको हो। यद्यपि हाल यो काम कर्मचारी तहमा छलफलको क्रममै रहेको छ। कर्मचारी तहले छलफल गरेर एउटा निष्कर्ष सहित नेप्सेको व्यवस्थापनमा यो पेश गर्ने छ। वर्गीकरण तह गर्नको लागि नेप्सेमा एक जना संचालक सदस्यको नेतृत्वमा समिति  रहेको छ। सो समितिले अन्तिम निर्णय गर्ने छ र नेप्सेको संचालक समितिले स्वीकृत गरेपछि नयाँ वर्गीकरण कार्यान्वयनमा आउने छ।

के के फेरबदल हुन सक्छ ?

कर्मचारी तहमा भएको छलफलमा हाइड्रोपावर समूह नराख्ने र त्यसको साटो इनर्जी समूह राख्ने लगभग सहमति भईसकेको छ। हालै सोलार उर्जा उत्पादन गर्ने पियोर इनर्जी नेप्सेमा सूचीकृत भएको छ। तर नेप्सेले सो कम्पनीलाई अन्य समूहमा वर्गीकरण गरेको छ। सोलार उर्जा उत्पादन गर्ने अर्को कम्पनी पशुपति रिन्युएबल्स लिमिटेडले पनि आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ। साथै हालै नेपाल विद्युत प्राधिकरणले ९ सय ६० मेगावाट सोलार उर्जा उत्पादन गर्नको लागि ६४ कम्पनी छनौट गरेको छ । ति मध्ये केही कम्पनीले आईपीओ निष्काशन गर्न सक्ने छन् । सोलार उर्जा उत्पादन गरिरहेका करिब एक दर्जन कम्पनीले पनि शेयर निष्काशन गर्न सक्ने छन् । सोलार उर्जा उत्पादन गर्ने कम्पनीको संख्या नेप्सेमा बढ्ने भएकोले अब नेप्सेमा इनर्जी समूह राखिने छ, जसमा हाइड्रो र सोलार दुवै कम्पनी पर्ने छन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्थालाई समेट्ने गरि BFI र गैर बैंक तथा वित्तीय संस्थालाई समेट्ने गरि NBFI समूह राख्ने बारे पनि छलफल भएको बताईएको छ।  यद्यपि यसो हुँदा BFI समूहको आकार धेरै ठूलो हुने हो कि भन्ने चिन्ता पनि देखिएको छ। किनभने BFI मा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स,  र लघुवित्त समेत पर्ने छन् । BFI र NBFI समूह राखिएमा सबै बीमा कम्पनी NBFI समूहमा वर्गीकरण गरिने छ। यो बारे टुंगो लागि नसकेको बताईएको छ।

त्यस्तै हाल दुईवटा पुनर्बीमा कम्पनीहरुलाई अन्य समूहमा राखिएको छ । NBFI समूह नबनेमा पुनर्बीमा कम्पनीलाई पनि बीमा समूह मै राख्नेबारे छलफल भएको छ।

एउटै प्रकृतिका कम्तिमा ५ वटा कम्पनी भएमा मात्र त्यस्ता कम्पनीलाई छुट्टै समूह बनाउनेबारे छलफल भएको छ। अर्थात् सोलार उत्पादन गर्ने ५ कम्पनी नेप्सेमा सूचीकृत भएमा नेप्सेले सोलारको लागि छुट्टै समूह बनाउन सक्छ।

हाल ट्रेडिङ समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरि २ वटा कम्पनी मात्र रहेका छन् । तर अन्य समूहमा रहेका कतिपय कम्पनीले ट्रेडिङ व्यवसाय नै गरिरहेकोले ति कम्पनीलाई पनि ट्रेडिङ समूहमा ल्याउने बारे छलफल भएको छ। यद्यपि यी सबै छलफल हाल प्रारम्भिक चरण मै रहेको बताईएको छ।

यस अघि २०७७ फागुनमा नेप्सेमा सूचीकृत कम्पनीको समूह हेरफेर गरिएको थियो । त्यस समय होटेल समूहको नाम परिमार्जन गरि होटेल तथा पर्यटन कायम गर्दै चन्द्रागिरी हिल्स लिमिटेडलाई सो समूहमा राखिएको थियो। हाल कालिन्चोक दर्शन पनि सो समूहमा थपिएको छ।

त्यस्तै त्यस समय नागरिक लगानी कोष, एचआईडीसीएल, निफ्रा, र एनआरएन इन्फ्रास्ट्रकचरलाई समावेश गरेर लगानी समूह बनाईएको थियो। हाल सो समूहमा सीईडीबी होल्डिंग, हाथवे इन्भेष्टमेन्ट र इमर्जिंग नेपाल थपिएका छन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट...

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि...

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...
spot_img