नेपाल राष्ट्र बैंकले परिस्थितिवश समस्यामा परेका ऋणीलाई राहत दिएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै परिस्थितिवश समस्यामा परेका ऋणीलाई पुनरतालिकीकरण र पुनरसंरचनाको सुविधा दिएको हो ।
जस अनुसार रु. २ करोडसम्मका तोकिएका क्षेत्र (कृषि, उर्जा र लघु, घरेलु, साना तथा मझौला उद्यम ) मा प्रवाह भएको कर्जाको हकमा ऋणीको अनुरोधमा व्यावसायिक योजना तथा नगदप्रवाह लगायतका पक्षहरुको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी एक पटकको लागि कर्जाको पुनरतालिकीकरण र / वा पुनरसंरचना गर्न सकिनेछ।
यस्तो पुनरतालिकीकरण र / वा पुनरसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नु पर्नेछ । (२) यसरी पुनरतालिकीकरण र / वा पुनरसंरचना गरिएको कर्जालाई २०८१ पुष मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ । पुनरतालिकीकरण र / वा पुनरसंरचना अघि गरिएको कर्जा नोक्सानी व्यवस्था write back गर्न पाइने छैन ।













