चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८२ वैशाखसम्मको अवधिमा कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ६० करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ५ अर्ब ३५ करोड, तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड खुद नाफा कमाएको छ।
यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ४७ करोड ८७ लाख रहेको छ। त्यस्तै कुमारी बैंकले ४८ करोड १९ लाख खुद नाफा कमाउँदा हिमालयन बैंकले ६८ करोड ३४ लाख खुद नाफा कमाएका छन् । अन्य बैंकको खुद नाफा भने अर्ब माथि रहेको छ ।
२०८१ वैशाखसम्मको र २०८२ वैशाखसम्मको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा १० वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये एनआईसी एशिया बैंकको खुद नाफा ७७.८७ प्रतिशत घटेको छ भने हिमालयन बैंकको खुद नाफा ६९.३४ प्रतिशत घटेको छ। त्यस्तै कुमाई बैंकको खुद नाफा ६६.२८ प्रतिशत घटेको छ भने कृषि विकास बैंकको खुद नाफा ३५.७३ प्रतिशत घटेको छ।
२०८१ वैशाखसम्मको र २०८२ वैशाखसम्मको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा नेपाल बैंकको खुद नाफा सर्वाधिक ४५७.१२ प्रतिशत बढेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३३.१४ प्रतिशत तथा एभ्रेह्स्त बैंकको खुद नाफा ३०.९७ प्रतिशत बढेको छ ।
हेर्नुस् चालु आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैंकको खुदनाफाको तुलनात्मक विवरण । रकम रु. १० लाखमा देखाईएको छ।

यो पनि : वैशाखसम्म वाणिज्य बैंकले कमाए ४७ अर्ब बढी खुद नाफा, कुनको कति ? (सूचीसहित)













