Tuesday, June 23, 2026
spot_img

वैशाखसम्म वाणिज्य बैंकले कमाए ४७ अर्ब बढी खुद नाफा, कुनको कति ? (सूचीसहित)

spot_img
spot_img

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८२ वैशाखसम्मको अवधिमा कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ६० करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ५ अर्ब ३५ करोड, तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड खुद नाफा कमाएको छ।

यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ४७ करोड ८७ लाख रहेको छ। त्यस्तै कुमारी बैंकले ४८ करोड १९ लाख खुद नाफा कमाउँदा हिमालयन बैंकले ६८ करोड ३४ लाख खुद नाफा कमाएका छन् । अन्य बैंकको खुद नाफा भने अर्ब माथि रहेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकको खुद नाफाको विवरण (रकम रु. १० लाखमा देखाईएको छ)। 

यो पनि : १० महिनाको अवधिमा १० वटा वाणिज्य बैंकको नाफा घट्यो, नेपाल बैंकको सर्वाधिक बढ्यो (सूची)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...
spot_img