Wednesday, May 6, 2026
spot_img
spot_img

सवा खर्ब पुग्यो शेयर धितो कर्जा, १ करोड माथि लिने ह्वात्तै बढे

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८८१/८२ को १० महिनामा शेयर धितो कर्जा बढेर १ खर्ब २५ अर्ब ५२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको २०८२ वैशाखसम्मको अवधिमा मार्जिन प्रकृतिको कर्जा बढेर ३९.३ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब ५२ करोड पुगेको हो।

२०८१ असारमा यस्तो कर्जा ९० अर्ब ९ करोड ३२ लाख थियो।  १० महिनाको अवधिमा शेयर धितो कर्जा ३५ अर्ब ४२ करोडले बढेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा १ करोड बढीको कर्जा ८५ अर्ब ७३ करोडको रहेको छ। १० महिनाको अवधिमा १ करोड बढीको कर्जा ५३.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसले १ करोड माथि कर्जा लिनेहरु ह्वात्तै बढेको देखिन्छ ।

त्यस्तै ५० लाख देखि १ करोडसम्मको कर्जा १५ अर्ब ५ करोड रहेको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको कर्जा १६ अर्ब ६२ करोड रहेको छ भने २५ लाख मुनिको कर्जा ८ अर्ब १० करोड मात्र रहेको छ ।

यस अवधिमा  ५० लाख देखि १ करोडसम्मको कर्जा २१.१ प्रतिशतले बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको कर्जा १५.३ प्रतिशत र २५ लाख भन्दा कमको कर्जा १०.८ प्रतिशतले बढेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसोसियट मतगणनाः १००० भोट गनिसक्दा प्रबलजंगलाई १४० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

ब्रोकर संघका अध्यक्ष सागर ढकाल महांसघको केन्द्रीय सदस्य निर्वाचित

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा...

तोलामा ५८ सयले महँगियो सुन

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

एनएमबि लघुवित्तको  सीईओमा सजल खड्का नियुक्त

एनएमबि लघुवित्त वित्तिय संस्थाको  प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सजल...

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ...

वस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूची सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदको मतपरिणाम...
spot_img