नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय सुझाव दिन आग्रह गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२ / ८३ को मौद्रिक नीति तर्जुमाको लागि राय सुझाव भए २०८२ असार १० भित्र उपलब्ध गराउन सम्बन्धित सबैमा अनुरोध गरेको हो ।
राष्ट्र बैंकले आफ्ना राय तथा सुझाव आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना [email protected] मा पठाउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ ।













