Thursday, May 7, 2026
spot_img
spot_img

चेम्बर र जिम्बावेबीच व्यापार सहजीकरण र लगानी अभिवृद्धिका लागि छलफल

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानीको अवसर, जलवायु परिवर्तनविरुद्धको कदम लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।

राजदूत न्होकोमोसंग चेम्बर अध्यक्ष अग्रवालले भने, ‘नेपाल र जिम्बावेबीच कुटनीतिक सम्वन्ध स्थापित भएको ४ दशक पुग्दैछ, असंलग्न नीति, जलवायु परवर्तन जस्ता महत्वपुर्ण विषयहरुमा अन्तराष्ट्रिय मञ्चहरुमा दुवै देशले सहकार्य गर्दै आएका छौँ । अब आर्थिक क्षेत्रमा पनि सहकार्य गरेर अगाडी बढ्नुपर्दछ ।’

अध्यक्ष अग्रवालले नेपालमै आवासीय राजदूतावास खोल्नका लागि पहल गर्न समेत राजदूत न्होकोमोेसंग प्रस्ताव गरे । दुवै देशमा आवासीय राजदूतावास खोलेर व्यापार सहजीकरण, जलवायु परिवर्तन विरुद्ध सहकार्य, लगानी अभिवृद्धि तथा पर्यटन क्षेत्रमा सहकार्य गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

दुवै देशलाई फाईदा पुग्नेगरी दुई पक्षीय सहमति गरेर आर्थिक लाभ लिनुपर्ने उनको भनाई छ । नेपाल, जिम्बावेबीचको निजी क्षेत्रबीच बी टु बी भेटवार्ता गर्नुपर्ने अध्यक्ष अग्रवालले बताएका छन् ।

नेपालमा लगानीको वातावरण सहज रहेको र प्रतिफल सुनिश्चिता रहेकोमा जोड दिँदै अध्यक्ष अग्रवालले भने, ‘नेपालले अन्तराष्ट्रिय मान्यता प्राप्त संस्थाबाट मुलुकको सार्वभौम क्रेडिट रेटिङ गराउँदा दक्षिण एसियामा नै भारतपछि दोस्रो स्थानमा रेटिङ बीबी माईनस प्राप्त गर्नु हामी निजी क्षेत्रका लागि सुखद कुरा हो ।’ उनले हाईड्रोपावर, पर्यटन लगायतका क्षेत्रका लगानीका लागि पहल गर्न राजदूत न्होकोमोलाई प्रस्ताव गरे । आगामी वर्षको बजेटमा सहज व्यवस्था गरिएकाले वैदेशिक लगानीलाई धेरै नै सहजता प्राप्त गरेको अध्यक्ष अग्रवालले जानकारी गराए ।

चेम्बर पदाधिकारीसंगको भेटवार्ताका क्रममा राजदूत न्होकोमोले नेपालमा आवासीय राजदूत खोल्नुपर्ने विषयमा आफु गम्भिर रहेको र यसका लागि पहल गर्ने प्रतिवद्धता जनाएकी छिन् । उनले नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना रहेको र त्यसका लागि जिम्वावेका निजी क्षेत्रसंग पहल गर्ने समेत बताइन् ।

नेपालको सगरमाथाले आफुलाई लोभ्याएको भन्दै उनले पर्यटन क्षेत्रमा लगानीको अथाह सम्भावना रहेकोमा जोड दिँदै दुई देशबीच आर्थिक सहकार्य र साझेदारीका लागि आफुले पहल गर्ने बताएकी छिन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि...

सरकारले लिने हाइड्रो आयोजना संचालनको लागि छुट्टै ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ खुल्ने

लाइसेन्स अवधि सकिएपछि सरकारले लिने जलविद्युत आयोजना संचालन र...

को बन्दैछ महासंघको वरिष्ठ उपाध्यक्ष ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनको गृहकार्य सुरु...

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व...

नीभ कर्पोरेशनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img