नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकारी प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
यस अन्तर्गत बैंक सुपरीवेक्षण विभाग प्रमुखको जिम्मेवारी दीर्घ बहादुर रावलले पाएका छन् । सोमबार मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका रावललाई बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी दिँदै त्यहाँ रहेका रामु पौडेल मुद्रा व्यवस्थापन विभागको प्रमुख बनाइएका छन् ।
सूचना प्रविधि विभाग प्रमुखको जिम्मेवारी कार्यकारी निर्देशक प्रदिपराज पौड्यालले पाएका छन्।
आर्थिक अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी डा. रामशरण खरेलले पाएका छन् । जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारीमा डा. डिल्लिराम पोखरेल तोकिएका छन् ।













