Friday, May 1, 2026
spot_img
spot_img

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

spot_img
spot_img

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३,५००, मधेशमा २,२००, बागमतीमा १५,०००, गण्डकीमा ५,५००, लुम्बिनीमा ६,०००, कर्णालीमा ५०० र सुदूरपश्चिममा २,५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मेरो कार्यकालमा निजी क्षेत्रमैत्री ऐन कानुनमा इतिहासमै सबैभन्दा बढी सुधार भएको छ (अन्तरवार्ता)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल आफ्नो कार्यकाल...

तोलामै ३४ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ। बिहीबार प्रतितोला २...

आज अन्तरराष्ट्रिय श्रमिक दिवस, उभौली पर्व र बुद्ध जयन्ती मनाइँदै

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा...

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...
spot_img