Wednesday, April 22, 2026
spot_img
spot_img

नेपाल आयो ‘एमजी वीन्डसर’

spot_img
spot_img

प्रतिक्षा गरिएको एमजीको वीन्डसर ईभी नेपाल आएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउण्ट मोटर्सले भारतमा उत्पादन भएको वीन्डसर ईभी नेपाल ल्याएको हो ।

पारामाउण्टले वीन्डसर ईभीलाई हाल दुई भेरियन्टमा नेपाल भित्र्याएको छ । ३८ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा आएको एमजी वीन्डसरमा १ सय किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसले एक पटकको फूल चार्जमा ३३१ किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ ।

वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता विशेषता छन् ।

पानारोमिक ग्लास रुफ, फ्लस डोर ह्याण्डल, इन्टेरियरमा ८.८ इन्चको फूल एलसीडी इन्ट्रुमेन्टल प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन र सबै एलईडी लाइट दिइएको छ ।

दुइ भेरियन्टमा नेपाल भित्रिएको वीन्डसरको मूल्य कम्पनीले भन्सार प्रयोजनको लागि वीन्डसर एक्सक्लूसिपको ३९ लाख ४९ हजार र इसेन्सको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ उल्लेख गरेको छ ।

एमजी वीन्डसर भारतमा उत्पादनको ६ महिनामा २० हजार बढी युनिट बिक्री भएको थियो । यो कार भारतीय बजारमा सन् २०२४ को सेप्टेम्बरमा लन्च गरिएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला ३...

विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण

नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि...

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख...

प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ।...

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...
spot_img