एशियन लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यस संगै जेठ १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले वैशाख २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।
कम्पनी १:०.४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













