Thursday, May 7, 2026
spot_img
spot_img

नेको इन्स्योरेन्सले लिलामीमा ल्याएको शेयर बाँडफाँड, कट अफ मूल्य कति ?

spot_img
spot_img

नेको इन्स्योरेन्स लिमिटेडले लिलामीमा ल्याएको शेयर बाँडफांड भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा हकप्रदमा अवितरित शेयरहरु वैशाख १२ गतेदेखि वैशाख २१ गतेसम्म लिलाममा ल्याएको थियो।

कम्पनीले लिलामीमा ल्याएको ति शेयरहरु वैशाख २६ गते बाँडफांड गरेको हो । कम्पनीका अनुसार सर्वसाधारण समूहतर्फको शेयरको कट अफ मूल्य ६९७.८७ रुपैयाँ कायम भएको छ। सो मूल्य भन्दा माथि कबुल गरेर आवेदन दिने सबैले शेयर पाएका छन् । सो मूल्य मै आवेदन दिनेले भने समानुपातिक रुपमा शेयर पाएका छन् ।

कम्पनीले आज जेठ ४ गते आइतबारदेखि लिलामीमा परेको पैसा फिर्ता गर्ने जनाएको छ। पैसा नआएमा शेयरधनीले बिक्री प्रबन्धक सानिमा क्यापिटलमा सम्पर्क गर्न सक्ने छन्।

कम्पनीले फागुन ८ गतेदेखि चैत्र १४ गतेसम्म १:०.२५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने  ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। ति हकप्रद शेयर गत चैत्र ३१ गते  बाँडफाँड गरिएको थियो । सो निष्काशनमा रितपुर्वक आवेदन दिने शेयरधनीलाई ४८ लाख ५ हजार ६ सय ४० दशमलव २० कित्ता हकप्रद बाँडफाँड गरिएको थियो। हकप्रदमा बिक्री नभएको २ लाख २५ हजार २ सय ६१ दशमलव ३५ कित्ता शेयर लिलाममा आएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img