Tuesday, June 23, 2026
spot_img

३२७ प्रतिशतले बढ्यो सिईडिबि होल्डिङ्गसको नाफा, ईपीएस ४५.५१ रुपैयाँ

spot_img
spot_img

सिईडिबि होल्डिङ्गस लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३२७.५६ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमासको अवधिमा कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ८ करोड २५ लाख मात्रै थियो।

यस अवधिमा कम्पनीले सेवा शुल्क, ब्याज तथा आम्दानी शिर्षकमा कुल ३८ करोड ९ लाख ५३ हजार आम्दानी गरेको छ । कम्पनीको मुख्य आम्दानी नै यहि हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको यस्तो आम्दानी १ करोड ७ लाख मात्र थियो । मुख्य आम्दानी बढेको र ब्याज खर्च पनि घटेकोको कारण कम्पनीको नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड रहेको छ भने रिजर्भमा ७४ करोड ३९ लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४५.५१ रुपैयाँ रहेको छ भने प्रति शेयर  नेटवर्थ १७१ रुपैयाँ ९३ पैसा रहेको छ।

यो विभिन्न जलविद्युत आयोजनामा लगानी गर्ने इन्भेष्टमेन्ट कम्पनी हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img