हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २५१.३ प्रतिशतले बढेको छ।
तेस्रो त्रैमासको अवधिमा कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४ लाख मात्रै थियो।
यस अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ४ अर्ब ३० करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । अहिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको उत्पादन बिक्रीको आम्दानी २ अर्ब ७४ करोड मात्र थियो। उत्पादन बिक्रीको आम्दानी बढेपछि कम्पनीको खुद नाफा बढेको हो ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड रहेको छ भने रिजर्भमा ८८ करोड ७६ लाख रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३२.०८ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२८ रुपैयाँ ८९ पैसा रहेको छ।
कम्पनीका अनुसार कम्पनीको Malt Distillation Unit बाट Malt Spirit उत्पादन दोस्रो त्रैमासिक अवधि देखि नै शुरु भएको छ । हाल सम्म यस युनिटवाट आजका मिति सम्म २०,९१२ लिटर उत्पादन भई सकेको र उत्पादन भएको मध्ये १२,००० लिटर माल्ट स्प्रिंट अन्य उद्योगहरुलाई बिक्री गरिएको छ ।
कम्पनीले भनेको छ ‘कम्पनीको नयाँ परियोजनाको रुपमा Zero Liquid Discharge कार्य समाप्त भएको छ । यसै त्रैमासिक अवधिमा उक्त परियोजनावाट उद्योगले By- Product को रुपमा उत्पादन गरी रहेको Sludge लाई जनावर तथा पशु पंक्षी, माछा आदिको दाना (Dry Cake) मा परिणत गरी उत्पादन सुरु गरिएको छ । यसवाट उद्योगको वातावरणीय सूचक (Index) मा सुधार हुने र उत्पादित Dry Cake बिक्रीबाट आम्दानी बढ्ने विश्वास लिइएको छ। स्प्रिट उत्पादनको लागि Plant Automation को कार्य समाप्त भई गुणस्तरीय ENA स्प्रिटको उत्पादन शुरु गरिएको छ । यसवाट स्प्रिटको उत्पादन लागत कम हुने र उत्पादित ENA को गुणस्तर र Quality मा पनि एकरुपता रहन्छ भन्ने कम्पनी विश्वस्त छ ।’
कम्पनीको उत्पादन Golden Oak ले बजारमा उच्च प्रतिस्पर्धाको सामना गर्दै आएको भएता पनि उपभोक्ताको रोजाईले निरन्तरता पाएको महशुस गरिएको कम्पनीले जनाएको छ । कम्पनीको अर्को उत्पादन Black Oak नि उपभोक्ताको रोजाईमा परेको र यस ब्राण्डको बिकी गत वर्षको यसै अवधिको भन्दा ७३ प्रतिशतले वृद्धि भएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले भनेको छ ‘ कम्पनीले पछिल्लो समयमा White Segment मा ल्याइएको Silver Oak व्राण्ड प्रति पनि उपभोक्ताको सकारात्मक प्रतिकृया देखा परेको छ । जसको कारण गत वर्षको यसै अवधिको भन्दा बिकी परिमाण बढ्न गएको छ । गत वर्षको यसै अवधिको बिक्री आम्दानी र यस वर्षको बिक्री आम्दानीलाई समग्र रुपमा हेर्दा कम्पनीले २५१ प्रतिशतले बढि नाफा आर्जन गर्न सफल भएको छ ।’
कम्पनीको उद्धेश्य अनुसारको कार्यलाई निरन्तरता दिनका लागि कम्पनीको कारखानावाट उत्पादन भई रहेका माल्ट स्प्रीट र ईएन. ए. लाई कारखाना वाहिर विभिन्न तापमान भएको क्षेत्रमा म्याचुरेशन गर्ने योजना मुताविक कम्पनीले तदारुकताका म्याचुरेशन सेन्टर वनाउने कार्य गरि रहेको कम्पनीले जनाएको छ । उपभोक्ताको चाहानालाई ध्यानमा राखी उत्पादनमा विविधता ल्याउनका लागि उच्चकोटीको मदिरा एवं आवश्यकता अनुसार अन्य उत्पादनहरुका लागि खोज र अनुसन्धानको कार्य भई रहेको पनि कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीमा रहेको संचित रकमलाई उपयुक्त क्षेत्रमा लगानी गरी कम्पनीका शेयरधनीहरुलाई मुनाफा वढि वितरण गर्न सकियोस् भनी लगानी सम्बन्धि नीति संचालक समितिबाट पारित गराई लगानी गर्ने उपयुक्त क्षेत्रहरुको खोजी गरी रहेका कम्पनीले जनाएको छ ।












