Friday, July 17, 2026
spot_img

श्वेतपत्रमार्फत हितेन्द्रदेवले भने, ‘विद्युत प्राधिकरण टाट पल्टिएको अवस्थामा छ’ (पूर्णपाठ)

spot_img

नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको हालको अवस्था सहितको श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीय अवस्था सहित आगामी दिनमा गर्नुपर्ने काम समेत समेटेर श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

श्वेतपत्रमा उल्लेख भएको विवरण अनुसार प्राधिकरणको आर्थिक अवस्था दयनीय देखिएको छ । हितेन्द्रदेव शाक्य आफैँले प्राधिकरण टाट पल्टिएको अवस्थामा रहेको र सरकारले सहयोग नगरे अवस्था झन जटिल हुने बताएका छन् ।

यतिसम्म की, अहिले प्राधिकरणसँग तत्कालै भूक्तानी दिनुपर्ने दायित्व सकार्ने पैसा समेत नरहेको तथ्य श्वेतपत्रमा उजागर गरिएको छ । कार्यकारी निर्देशक शाक्यका अनुसार हाल प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ ।

आर्थिक वर्ष २०८०÷०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । चालु आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा भएको तर आयकर ऐनको प्रावधान अनुसार थप हासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको कार्यकारी निर्देशक शाक्यले बताए ।

महालेखा परीक्षकको कार्यालयले औल्याएका बुँदाहरु मध्ये संस्थाले ७ अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखाङ्कन गरेको तथा २९ अर्ब ९१ करोड आम्दानी नबाँधेको देखिएको छ ।

‘महालेखाको प्रतिवेदनमा औल्याइएको कैफियत र नेविप्राले तयार गरेको वासलात तथा नाफा नोक्सान विवरण आदिमा मुलभूत रुपमा फरक पर्न गएकोले यस संस्थाको वास्तविक आर्थिक अवस्था पहिचान गर्ने प्रस्तुत तथ्याङ्कको विश्वसनियता कायम गर्ने हेतुले प्राधिकरणको वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्यांकन लगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्नका लागि सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) को प्रक्रिया अगाडि बढाइनेछ’ कार्यकारी निर्देशक शाक्यले भने ।

यस्तै, प्राधिकरणको निर्माणाधीन प्रशारण र वितरण संरचना पूरा गर्न १ खर्ब २२ अर्ब लाग्ने अनुमान गरिएको छ ।

यसैगरी, ठेक्कापट्टाबापत तत्कालै भूक्तानी दिनुपर्ने ११ अर्ब ६१ करोड रुपैयाँको बिल आएपनि निर्माण व्यवसायीलाई उक्त रकम भूक्तानी दिन नसकिएको पनि श्वेतपत्रमा उल्लेख छ । साथै, यसका लागि प्राधिकरणले तत्काल १० अर्ब ऋण लिने प्रक्रिया सुरु गरेको पनि बताइएको छ ।

पूर्णपाठः

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

४०५ स्थानीय तहमा आजबाट जग्गाको कित्ताकाट रोकियो

जग्गाको वर्गीकरण सम्पन्न नगरेका देशभरका स्थानीय तहमा जग्गाको कित्ताकाट...

निर्धन उत्थान लघुवित्तको सीइओमा नारायण बहादुर कार्की नियुक्त

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नारायण बहादुर कार्की...

तत्काल निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्छ : निवर्तमान अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रसारण...

उर्जा मात्र नभई सबै क्षेत्रको पूर्वाधार विकासको लागि वन ऐन संशोधन हुनै पर्छ: अध्यक्ष डाँगी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन...

अझै पनि ६० प्रतिशतभन्दा बढी उद्योगहरू जेनेरेटर प्रयोग गर्न बाध्य छन् : अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादन...

नाइमा अध्यक्षलाई प्रश्नः गाडी आयात मात्रै गर्ने कि देशभित्रै उत्पादन पनि सुरु गर्ने ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो संस्करणको...
spot_img