Saturday, May 9, 2026
spot_img

डा. गुणाकर भट्टलाई गभर्नर बनाउने बाटो खुल्यो

spot_img
spot_img

सरकारले चाहेमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुन सक्ने भएका छन् । उनलाई गभर्नर बन्नबाट रोक्नको लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा दायर भएको पूरक निवेदनमा सर्वोच्चले कुनै सुनुवाई नगरेपछि डा. भट्ट गभर्नर नियुक्त हुन सक्ने भएका हुन् ।

कार्यकारी निर्देशक रहेको व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न नसक्ने भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वाेच्चमा पूरक रिट निवेदन दायर गरेका थिए। यसमा सर्वोच्चले सुनुवाई नगरेको हो । हाल भने डा. भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन्। तर उनको राजीनामा स्वीकृत हुन बाँकि छ । कामु गभर्नर डा. निलम ढुंगानाले उनको राजीनामा स्वीकृत गरेकी छैनन् । ढुंगाना आफै गभर्नर बन्ने दौडमा छिन् । सत्तारुढ दलहरुबीच डा. भट्टलाई गभर्नर बनाउने सहमति भैसकेको चर्चा छ।

६५ वर्ष काटेकालाई गभर्नर नबनाउन आदेश

अर्थ मन्त्रालयले संशोधन गरेको मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आज सर्वोच्चका न्यायधीश तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो।

यस अघि यो मुद्दामा वैशाख २ गते नित्यानन्द पाण्डेयको एकल इजलाशले यस सम्बन्धमा कारण देखाउ आदेश जारी गर्नुको साथै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। साथै अदालतले दुवै पक्षलाई छलफलको लागि पनि बोलाएको थियो। आज दुवै पक्षको छलफलपछि अदालतले यस अघिको अन्तरिम आदेश नै निरन्तरता हुने भनेको हो।

गत फागुन २७ गते अर्थ मन्त्रालयले अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड २०७३ संशोधन गरेको थियो। मापदण्डको दफा ३ (ग) हटाएर नेपाल सरकारले गभर्नर नियुक्तिमा उमेरको योग्यताको प्रावधान हटाइएको थियो । कार्यकारी प्रमुखका हकमा ३० वर्ष र कार्यकारी प्रमुख बाहेक अन्य पदाधिकारी र सदस्यका हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनु पर्ने व्यवस्था रहेकोमा उमेरहद हटाइएको थियो।

सो विरुद्द सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको थियो। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए। रिटमा संशोधित मापदण्ड कार्यान्वयन नगर्न र पुरानै मापदण्ड अनुसार गभर्नर नियुक्तिको गर्नको लागि सरकारकोमा परमादेश दिन माग गरीएको थियो।

निवेदकको माग बमोजिम नै अदालतले अन्तरिम आदेश जारी गरेको हो। यस संगै सरकारले अब ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई गभर्नर नियुक्त गर्न पाउने छैन ।

यस संगै डा. भट्टलाई गभर्नर बनाउनबाट रोक्नको लागि म्नाग गर्दै यसै निवेदन संगै पूरक निवेदन पनि पेश भएकोमा सर्वोच्चले त्यसमा भने कुनै सुनुवाई नगरेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img