Sunday, April 19, 2026
spot_img
spot_img

धुलिखेलको होटेल सारथीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

spot_img
spot_img

होटेल सारथी प्रा.लि.ले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीको आईपीओ जारी गर्ने उद्देश्यले नियामकको स्वीकृति लिने प्रक्रिया थालनी गर्नको लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। होटेल सारथी, धुलिखेलमा आयोजित समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हादप्रसाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्l

हस्ताक्षर समारोहमा होटेलका सञ्चालकहरु, महाप्रबन्धक, विभागीय प्रमुख र अन्य कर्मचारी तथा क्यापिटलको मर्चेन्ट बैंकिङ्ग प्रमुख समिक्षा नेपाल लगायत उपस्थित थिएl

होटेल सारथीले निकट भविष्यमै पब्लिक कम्पनीमा रुपान्तरण भएर जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ l आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ l

क्यापिटलले होटेल सारथीलाई प्रा.लि. बाट पब्लिकमा रुपान्तरण गर्नसमेत सघाउनेछ l यस सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२/०८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुनेछ l यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ l

कस्तो छ होटेल ?

२०७२ सालमा स्थापना भएको होटेल सारथी धुलिखेल – ८, रिसोर्ट मार्ग, काभ्रेपलाञ्चोकमा रहेको तीनतारे होटेल हो l निकट भविष्यमै चार तारेमा स्तरवृद्धि हुनलागेको छ l एउटा प्रेसिडेन्सीयल, ६ वटा सुइट, ५० वटा प्रिमियम डिलक्स, २३ वटा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् l २० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको छ l होटेल भवनको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ l जाडोमा स्वीमिङ पुलको पानीलाई तताउने प्रबन्धसमेत मिलाईएको छ l स्पा र फिटनेस सेन्टरसमेत संचालनमा ल्याएको छ l

होटेललाई विवाह मण्डपकोरुपमा विकास गर्दै सारथीले गौरवमय उपस्थिति जनाईसकेको छ l भारतीय र मुलुककै विभिन्न शहरका नागरिकले होटललाई विवाहका लागि गन्तव्य बनाएका छन् l आगामी दिनमा होटेल सारथी विवाहको लागि उत्कृष्ट स्थल बन्ने लक्ष्य लिएको जनाएको छl अन्तर्राष्ट्रिय सभा सम्मेलन गोष्ठीका लागि पनि होटेल सारथी अग्रिम बुकिंग थलो बनेको छ l

होटेलले सारथीले शुरुआतदेखि नै पर्यावरणलाई ध्यानमा राख्दै फोहोर पानीको पुन:उपयोगलाई कार्यान्वयन गर्दै आएको छ l होटलबाट निष्कासित फोहोर पानीलाई होटल परिसरमै रहेको सिवरेज ट्रिटमेन्ट (एसटि) प्लान्ट मार्फत ३३ हजार लिटर क्षमताको ट्यांकमा प्रशोधन गर्ने गरेको छ । प्रशोधित पानी होटलकै स्वामित्वमा रहेको जग्गामा अर्गानिक खेतीमा उपयोग हुँदै आएको छ l

होटलले उपलब्ध गराउने मेनुमा स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिँदै आएको छ । हाल होटलमा प्रत्यक्षरुपमा रोजगारी पाएका ७३ जनामध्ये ९० प्रतिशतभन्दा बढी स्थानीय छन् l स्थानीयस्तरमै रोजगारी, सीप विकास र पेशागत क्षमता वृद्धिमा समेत सारथीले योगदान गरेको छ । सारथी समूहअन्तर्गत होटेल सारथी प्रा.लि., सारथी मार्ट प्रा.लि., सारथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सारथी वेलफेयर फाउण्डेशन, हिमालय इन्टरनेसनल एकेडेमी, धुलिखेल तालिम सेवा केन्द्र प्रा.लि., सारथी भेन्चर्स प्रा.लि., सारथी एडभेन्चर्स प्रा.लि र सारथी होलिडेज रहेका छन् ।

जिल्लाबाहिर उपस्थित जनाउँदै सारथी समूहको सारथी भेन्चर्स प्रा.लि. ले चितवनको सौराहास्थित बद्रेनी जङ्गल रिसोर्ट प्रा.लि. को ६५ प्रतिशत शेयर लिएको छ l रिसोर्टको सम्पूर्ण व्यवस्थापन होटेल सारथीले गरिरहेको छ l उक्त रिसोर्ट २०२५ जनवरीदेखि सारथी समूहले लिएको हो l

होटेल १९ रोपनी क्षेत्रफलमा फैलिएको छ l खाली रहेको जग्गा तथा भाडामा लिएको जग्गामा फार्म हाउस, रोप साइक्लिङ्ग, स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ l भविष्यमा होटेलको सेवालाई विस्तार गर्दै साहसिक पर्यटनका विभिन्न गतिविधि जस्तै ट्रेकिङ, राफ्टिङ्ग, बञ्जी जम्पिङ्ग, प्याराग्लाइडिङ्ग, साइक्लिङ्ग, क्याम्पिङ्ग, स्कीइङ्ग, स्नो बोर्डिङ्ग, वेलुनिङ्ग, क्याकिङ्ग, जिपलाइन, जङ्गली जनावर (वाइल्डलाइफ) अवलोकन जस्ता सेवा सञ्चालन गर्ने तैयारी गरेको छ l

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

रासस ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको...

विदेशमा श्रमिक पठाउने विज्ञापनमा सम्पर्क विवरण खुलाउन वैदेशिक रोजगार विभागको निर्देशन

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजतपत्र प्राप्त...

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने...

सेबोन अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष शन्तोष नारायण श्रेष्ठले पदबाट...

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी कार्यक्रम...

रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नराख्न सरकारको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी...
spot_img