चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नेपाल एसबिआई बैंकको खुद नाफा ३.३६ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले १ अर्ब २० करोड खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब १६ करोड मात्रै थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५७ करोडबाट घटेर ३ अर्ब ५३ करोड पुगेको छ। बैंकको संचालन आम्दानी भने ४ अर्ब ५४ करोडबाट बढेर ४ अर्ब ६४ करोड पुगेको छ।
यस अवधिमा बैंकले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज शिर्षकको खर्च ८० करोडबाट घटेर ७२ करोड ५८ लाख कायम भएको छ। यस कारण बैंकको खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको देखिन्छ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य प्रति शेयर आम्दानी ११ रुपैयाँ १० पैसा रहेको छ । बैंकको प्रति शेयर आम्दानी १४.७२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८३ रुपैयाँ ८ पैसा रहेको छ।
१० अर्ब ८९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ८ अर्ब रहेको छ।












