Wednesday, June 24, 2026
spot_img

समृद्धि फाइनान्सका ग्राहक र शेयरधनीलाई क्यापिटल हस्पिटलमा छुट

spot_img
spot_img

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले काठमाडौँको बागबजारमा रहेको क्यापिटल हस्पिटल प्रा.लिसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले समृद्धि मोबाइल बैकिङ्ग र डेविड कार्ड प्रयोग गरि क्यापिटल हस्पिटलमा स्वास्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् ।

सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटल प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक प्रो.डा श्री अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

फाइनान्सका अनुसार यो छुट सेवा २०८१/०/१२ देखि २०८३/०३/११ गते सम्म उपलब्ध हुने छ । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास लिएको फाइनान्सले जनाएको छ ।

फाइनान्सका अनुसार छुट पश्चात फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले क्यापिटल हस्पिटल प्रा.लि.बाट
अर्थोपेडिक (अपरेशन ÷प्रक्रिया शुल्क)मा १०%,स्त्री रोग (अपरेशन ÷ प्रक्रिया शुल्क)मा १०%, सामान्य शल्यक्रिया (अपरेशन÷प्रक्रिया शुल्क)मा १०%, अल्ट्रा साउन्डमा १५%, प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५%, एक्स–रे मा २०%, फिजियोथेरापीमा १०%, फार्मेसीमा १०%, र बेड चार्जमा १०% छुट प्राप्त गर्ने छन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img