Friday, July 17, 2026
spot_img

देशैभरी ‘टेस्ट ड्राइभ’ जारी रहेको क्रेटा ईभीको कुन पार्टसको मूल्य कति पर्छ ?

spot_img

हुन्डाईको क्रेटा ईभी नेपाली बजारमा सार्वजनिक भएपछि अहिले देशैभरी ‘टेस्ट ड्राइभ’ चलिरहेको छ । हुन्डाईका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले चैत ११ गते नेपालमा सार्वजनिक गरेको क्रेटा ईभीप्रति अहिले अटोमोबाइल्स पारखीहरु झुम्मिएका छन् ।

काठमाडौँ बाहेकका १० वटा ‘टच प्वाइन्ट’मा क्रेटा ईभी पुगिसकेको छ । बिर्तामोड, दमक, विराटनगर, इटहरी, हेटौँडा, चितवन, बुटवल, भैरहवा, पोखरा र धनगढीमा अहिले क्रेटा ईभीको टेस्ट ड्राइभ चलिरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले काठमाडौँबाट भने बिक्री नै सुरु गरिसकेको छ । चैत अन्तिम साताबाट काठमाडौँ बाहेकका शहरबाट पनि क्रेटा ईभीको बिक्री सुरु हुने लक्ष्मी हुण्डाईका महाप्रबन्धक दीपक थपलिया बताउँछन् ।

‘इन्क्वायरी फ्लो पनि राम्रो छ, बुकिङ पनि भइरहेको छ, काठमाडौँबाट चाहिँ बिक्री नै सुरु भइसक्यो भन्दा पनि हुन्छ, बाहिरबाट पनि चैत अन्तिमबाट बिक्री सुरु हुन्छ’ उनले भने ।

कस्तो छ प्रतिक्रिया ?

हुन्डाईले ‘प्रोडक्ट सेल’लाई मात्रै प्राथमिकतामा नराखेको महाप्रबन्धक थपलिया बताउँछन् । उनका अनुसार लक्ष्मी ग्रुपले ‘मोबिलिटी’लाई केन्द्रमा राखेर काम गर्दै आएको छ । बुझ्न आउने उपभोक्ताहरुलाई आफूहरुले उहाँहरुको आवश्यकता अनुसारको ‘प्रोडक्ट सजेस्ट’ गर्ने उनको भनाइ छ ।

त्यस अनुसार अहिले क्रेटा ईभीमा पनि उपभोक्ताको ‘फ्लो’ निकै राम्रो पाइएको थपलिया बताउँछन् । ‘हामी बुझ्न आउनेहरु सबैलाई सुरुमा आवश्यकता के हो भनेर बुझ्छौँ, गाडी किन्नु भन्दा अगाडीको ग्राहकको एक्सपेक्टेशन र गाडी किनिसके पछिको वास्तविकता फरक हुन दिनु हुँदैन’ उनी भन्छन्, ‘अहिले पनि हामीले त्यहीँ गरिरहेका छौँ । जसअनुसार क्रेटा ईभीमा एभ्री डे (हरेक दिन) निकै राम्रो फ्लो आइरहेको छ ।’

दुइ ‘जेनेरेशन’ निर्णायक

महाप्रबन्धक थपलियाका अनुसार गाडी खरिदमा अहिले एकै परिवारको दुइ ‘जेनेरेशन’ निर्णायक देखिएको छ । पहिलो पुस्ताः १९८० यताको पुस्ता । जो, अहिले ४५ वर्ष हाराहारी पुगेको छ । दोस्रो पुस्ताः योङ्गर पुस्ता छ ।

पहिलो पुस्ता ‘ब्राण्ड’प्रति बढी भरोसा गर्छ । थपलियाका अनुसार प्रोडक्टसँगै ब्राण्डमा विश्वास गर्ने भएकाले अझै पनि यो पुस्ता गाडी खरिदमा निर्णायक छ । जसले १०/१५ वर्षदेखि गाडी चढिरहेको छ ।

टेक्नोलोजी र डिजाइनलाई हेर्ने नयाँ जेनेरेशन पनि अटोमोबाइल्सको ‘चुज’मा निर्णायक भइरहेको छ । यो जेनेरेशनले सुरुमा गाडीको ‘ग्ल्यामर लुक्स’ मन पराउने भएपनि अन्ततः ब्राण्डकै विश्वासमा फर्किने गरेको थपलियाको अनुभव छ ।

‘गाडी भनेको पार्टनर हो, गाडी किन्ने विषयमा परिवारभित्र निकै छलफल हुन्छ, आफन्तसँग छलफल हुन्छ, साथिभाइसँग सरसल्लाह हुन्छ’ जीएम थपलिया भन्छन्, ‘अल्टिमेट च्वाईस उपभोक्ताकै हुने भएपनि उसले एक्लै डिशिजन गर्दैन, ब्राण्डको इतिहास हेर्छ हेर्छ । ब्राण्डको विश्वसनीयता भनेको उसले सुरुमा गरेको ‘प्रमिश’ पूरा गरेको छ कि छैन भन्ने हो, हाम्रो हकमा क्रेटा आफैँमा ‘प्रमिश’ हो ।’

क्रेटा ईभीका पार्टसको मूल्य नै सार्वजनिक

अहिले उपभोक्ताहरुमा एउटा डर भनेको ईभीका पार्टस् सहजै पाइन्छन् कि पाइँदैनन् भन्ने पनि छ । सँगै, ईभीका पार्टस् निकै महँगा हुन्छन् भन्ने पनि चर्चा भइरहन्छ । गाडी बिक्रेताहरुले सुरुमा स्पेयर पार्टस्को मूल्य सार्वजनिक नगर्दा पनि ग्राहकमा यस्तो चिन्ता पर्नु स्वभाविक हो ।

तर, लक्ष्मी हुन्डाईले भने स्पेयर पार्टस् ल्याएर तिनको मूल्य समेत सार्वजनिक गरेको छ । ब्याट्रीबाहेक सबै पार्टस्–पूर्जाको मूल्य सार्वजनिक गरिएको महाप्रबन्धक थपलियाको भनाइ छ । यसले गर्दा ग्राहकहरुलाई आफ्नो गाडीको कुन पार्टस्को मूल्य कति पर्छ भन्ने पहिल्यै जानकारी हुन्छ । जसका कारण पछि गाडी मर्मत गर्नुपर्दा अस्वभाविक लागत देखिने अवस्था नआउने उनको विश्वास छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...

नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओ सुमन आचार्यले सम्हाले कार्यभार

लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सरकारी सेवाबाट आएका करारका कर्मचारी आजैदेखि निकालिए, अन्यलाई पनि हटाउने संकेत

सरकारले यस अघि सरकारी सेवामा रहेर हाल करारमा रहेका...

अर्जेन्टिनामाथि फिफाले थाल्यो छानबिन, कारवाहीको सम्भावना

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनामाथि छानबिन थालेको छ...
spot_img