Wednesday, April 22, 2026
spot_img
spot_img

एमजीको ईभी किन्ने पहिलो ग्राहकको अनुभव

spot_img
spot_img

किशु झा

मैले झण्डै ६ वर्षदेखि मेरो इलेक्ट्रिक गाडी (EV) चलाइरहेको छु, र म MG ब्रान्डको पहिलो ग्राहक पनि हुँ । मैले गाडी किन्ने बेलासँगै Electric Vehicle Group Nepal पनि बनाएको थिएँ, जुन अहिले EV प्रेमीहरूको ठूलो समुदाय बनिसकेको छ । EV को यात्रा साँच्चै उत्कृष्ट रहेको छ !

अहिले चार्जिङ नेटवर्क धेरै बढ्दै गएको छ, जसले गर्दा आजका EV मालिकहरूलाई पहिलाको जस्तो डर गर्नुपर्ने अवस्थै छैन । मेरो गाडीको ब्याट्री ६ वर्षमा मात्र ५% जति कम भएको छ, र अहिलेसम्म ब्रेक सु बदल्नै परेको छैन—रेजेनेरेटिभ ब्रेकिङकै कारण ! पेट्रोल/डिजेलको बचत मात्र सोच्दा पनि EV ले निकै पैसा बचत गरिदिन्छ ।

साधारण खर्च घट्नुका साथै, EV चलाउँदा यात्रा धेरै शान्त, आरामदायी र तनावमुक्त हुन्छ । इन्जिनको आवाज हुँदैन, तुरुन्तै पावर आउँछ, र मर्मत खर्च पनि निकै कम हुन्छ । साथै, धुवाँरहित सफा वातावरण बनाउन सघाउनु झन् सन्तोषजनक लाग्छ ।
EV को आलोचना गर्नेहरूलाई म भन्न चाहन्छु—“ब्याट्री टिक्दैन,” “चार्ज गर्न गाह्रो छ,” “EV त फेशन मात्र हो” भन्ने कुरा धेरै सुनियो । तर, ६ वर्ष बितिसक्दा मेरो ब्याट्री अझै राम्रो छ, चार्जिङ कहिल्यै समस्या बनेको छैन, र विश्वभर EV को माग बढ्दो छ । EV को भविष्य निश्चित छ !
केही मान्छेहरू सधैं परिवर्तनसँग डराउँछन् र नयाँ कुराबाट टाढै बस्न खोज्छन् । तर उनीहरूले बुझ्नुपर्छ—यो दुनियाँमा स्थायी कुरा भनेकै परिवर्तन हो । प्रविधि अगाडि बढ्छ, र हामीले त्यसलाई स्वीकार्नुपर्छ ।
ब्याट्रीको रेन्ज समयसँगै अलि घट्न सक्छ, तर चार्जिङ स्टेसनहरू दिनदिनै थपिइरहेकाले अब त्यो डर गर्नुपर्ने विषय होइन । चार्जिङ नेटवर्क यति छिटो बढ्दैछ कि अब पेट्रोल पम्प भेटिए जस्तै सजिलै चार्जिङ स्टेशन पाउन सकिन्छ !
अहिलेको प्रविधि झन् उत्कृष्ट भएकोले EV लिने सोचमा हुनुहुन्छ भने ढुक्क भएर रोज्न सक्नुहुन्छ । अब EV मा जान सबैभन्दा सही समय यही हो !
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img