Saturday, June 20, 2026
spot_img

आगामी विश्वकपको लागि छनौट भयो अर्जेन्टिना, इरान पनि छानियो

spot_img
spot_img

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ का लागि अर्जेन्टिना र इरानले आफ्नो स्थान पक्का गरेका छन्। मंगलबार भएको छनोट खेलहरूको नतिजापछि यी दुई टोलीले संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने ४८ टोली सम्मिलित विश्वकपमा आफ्नो यात्रा सुनिश्चित गरेका हुन्।

 बोलिभियाले उरुग्वेसँग बराबरी खेलेपछि सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थान कायम राख्दै औपचारिक रूपमा छनोट भएको हो। त्यसको केही समय पछि अर्जेन्टिनाले ब्राजिललाई ४-१ गोल अन्तरले हराएको थियो। ब्राजिलसंगको खेल अघि नै अर्जेन्टिना विश्वकपको लागि छनौट भईसकेको थियो । हाल अर्जेन्टिनाले १४  खेलबाट ३१ अंक जोडेको छ र छनोट चरणमा अझै ३  खेल बाँकी रहँदा पनि शीर्ष छ स्थानभित्र पर्ने निश्चित भएको छ। यससँगै अर्जेन्टिनाले आफ्नो उपाधि रक्षा गर्ने अवसर पाएको छ।

यसैगरी, एसियाली छनोटमा इरानले उज्बेकिस्तानसँग २-२ को बराबरी खेल्दै विश्वकपमा स्थान बनायो। इरानका स्टार खेलाडी मेहदी तारेमीले दुई गोल गर्दै टोलीलाई चौथो पटक लगातार र समग्रमा सातौँ पटक विश्वकपमा पुर्‍याएका हुन्। इरानले समूह ‘ए’ मा शीर्ष दुई स्थान पक्का गरेको छ।

हालसम्म विश्वकप २०२६ का लागि आयोजक राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोसहित जापान, न्यूजिल्यान्ड, अर्जेन्टिना र इरान छनोट भइसकेका छन्। यो विश्वकप जुन ११, २०२६ मा सुरु भई जुलाई १९ मा समापन हुनेछ। बाँकी ४१ स्थानका लागि छनोट प्रक्रिया जारी छ र फुटबल प्रशंसकहरू उत्साहित छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img