नेपालमा Riddara को आधिकारिक वितरक CG Motors ले आज नेपालकै पहिलो 100% Pure Electric Pickup – Riddara को औपचारिक सार्वजनिक गरेको छ। फर्पिंगको हात्तीवन रिसोर्टमा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गर्दै कम्पनीले यसलाई दिगो तथा विद्युतीय यातायातको दिशामा ऐतिहासिक कदम भनेको छ।
कम्पनीका अनुसार अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको Riddara ले EV Pickup Segment मा नयाँ स्तर स्थापित गर्नेछ। यसमा 424 Km को उत्कृष्ट Range र 73 Kwh क्षमताको Battery रहेको छ, जुन कार्यक्षमता र वातावरणमैत्री प्रविधिको अद्वितीय संयोजन हो।
नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै Riddara मा 7 फरक-फरक Driving Mode हरू – (Sand, Mud, Off-road, Wading, Economy, Comfort, र Sport – 4WD) – उपलब्ध छन्, जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्ने कम्पनीले जनाएको छ। साथै, 540 Degree Surround View Camera प्रणाली समेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउने कम्पनीको भनाई छ।
Riddara ले विशेष 4WD Delivery र Adventure Drive अनुभव पनि आयोजना पनि गरेको छ, जहाँ सहभागीहरूले गाडीको वास्तविक शक्ति र क्षमताको अनुभव विभिन्न चुनौतीपूर्ण भूभागहरूमा प्रत्यक्ष रूपमा लिएका थिए।
कम्पनीका अनुसार Riddara अहिले प्रारम्भिक मूल्य रु 79.99 Lakhsमा उपलब्ध छ। Riddara को यो गाडी EV सवारी साधनको क्षेत्रमा मात्र नभई नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्र्याउने दिशामा पनि ठूलो उपलब्धि रहेको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीका अनुसार पिकअपले चीनमा No. 1 EV Pickup को रुपमा पहिचान प्राप्त गरिसकेको छ। यसको मूल कम्पनी Geely Auto Group चीनका शीर्ष 10 ठूला अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यस गाडीमार्फत CG Motors ले नेपालमा विद्युतीय सवारी साधनमा नवीनतम प्रविधि प्रस्तुत गर्दै एक नयाँ युगको सुरुवात गरिरहेको कम्पनीले जनाएको छ।













