Monday, June 22, 2026
spot_img

डा. खतिवडाले भने, ‘सरकारले उद्योगी व्यवसायीलाई तर्साउने, धम्क्याउने गर्दैन, ढुक्क हुनोस्’

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार एवम् पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान सरकारले कुनै निश्चित घरानालाई हेरेर नीतिहरु निर्माण नगर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा डा. खतिवडाले वर्तमान सरकारले सबै उद्योगी व्यवसायीलाई समान व्यवहार गर्ने र गर्दै आएको स्पष्ट पारेका छन् ।

उनले सबै उद्योगी व्यवसायीलाई समान नजरले हेर्ने, समान अवसर प्रदान गर्ने र प्रतिस्पर्धाको मौका दिइनुपर्छ भन्ने मान्यतामा सरकार स्पष्ट रहेको दाबी गरेका छन् ।

‘वर्तमान सरकारले कुनै निश्चित व्यवसायिक घरानाको पक्षमा नीति निर्माण गर्दैन, राज्य नीति क्षेत्रमैत्री छ, यसका लागि सबैलाई समान अवसर र प्रतिस्पर्धाको मौका दिनुपर्छ भन्नेमा प्रष्ट छ’ पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘यसमा तपाइहरु ढुक्क हुनुहोस्, सरकारले कुशलतापूर्वक उद्यम व्यवसाय गर्नेलाई तर्साउने धम्क्याउने काम गर्दैन ।’

उनले मुलुकको अर्थतन्त्रमा पूर्ववर्ती सरकारका कारण सिर्जित भएको जटिलता क्रमशः समाधान भइरहेको पनि बताएका छन् । विगतका सरकारले अपनाएका कतिपय नीतिका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भएको भएपनि अहिले सरकारले त्यस्ता जटिलतालाई समाधान गर्नेतर्फ नीतिगत सुधार मार्फत नै पहल र प्रयत्न गरिरहेको उनको भनाइ छ ।

उद्योगी व्यवसायीहरुलाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्दै डा. खतिवडाले राज्यका कुनैपनि निकायमार्फत उद्यमी व्यवसायीलाई तर्साउने वा धम्क्याउने काम नहुने समेत प्रतिवद्धता जनाएका छन् । बरु, उद्योगी व्यवसायीलाई काम गर्न असजिलो भएको अवस्थामा राज्यले छिटो बाटोबाट कानुन तर्जुमा र संशोधन गरेर सहजीकरण गर्ने तर्फ अघि बढिरहेको उनले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img