Tuesday, May 26, 2026
spot_img

मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, विशेष साधारणसभा आह्वान

spot_img
spot_img

मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनसंग समबन्धित प्रस्तावहरु पारित गर्नको लागि चैत्र २३ गते विशेष साधारणसभा बोलाएको छ।

कम्पनीको विशेष सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, अंकित मूल्य परिवर्तन गरी आईपीओ जारी गर्ने, आईपीओबाट संकलित पुंजीको उपयोगबारे निर्णय गर्ने, प्रबन्धपत्र र नियमावलीमा थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।

कम्पनीले चाबहिलमा रहेको हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

क) प्रबन्ध पत्रको दफा ७ (क) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।

ख) प्रबन्ध पत्रको दफा ७ (ख) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।

ग) प्रबन्ध पत्रको दफा ७(ग) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।

घ) कम्पनीको नियमावलीको नियम ७ (क) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।

ङ) कम्पनीको नियमावलीको नियम ७(ख) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा

च) कम्पनीको नियमावलीको नियम ७ (ग) मा भएको व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।

छ) कम्पनी ऐन, २०६३ को दफा ८६ (३) अनुसार स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने सम्बन्धमा ।

ज) कम्पनी ऐनको दफा ५६ (२) बमोजिम अंकित मूल्य परिवर्तन गर्ने सम्बन्धमा ।

(झ) कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्ध पत्रको दफा ७ (क), (ख), ७(ग) र नियमावलीको नियम ७(क), ७ (ख), (ग) मा परिवर्तन भए पश्चात सर्वसाधारणमा शेयर जारी गर्ने सम्बन्धमा ।

ञ) सर्वसाधारणमा शेयर जारी गरे पश्चात प्राप्त हुने पूँजीको उपयोग गर्ने सम्बन्धमा ।

ट) उपरोक्त वमोजिम पारित प्रस्तावहरु स्वीकृतीको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

बोनस शेयरमा कर नलगाउन महासंघको सुझाव, एकल आईजीन नै कायम राख्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले बोनस शेयरमा कर नलगाउन सुझाव...

समस्याग्रस्त थप तीन सहकारी १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम...

स्नो रिभर्सको आईपीओ मङ्गलबार बाँडफाँड हुँदै

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ मङ्गलबार बाँडफाँड...

देउवालाई पक्राउ नगर्न अदालतको आदेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न आदेश दिएको...

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पुनर्निर्माण

२०८१ सालको असोजमा रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको...
spot_img