Thursday, April 23, 2026
spot_img
spot_img

क्रेटा ईभीको पर्खाइमा नेपाली ग्राहक

spot_img
spot_img

शोभराज पौडेल

करिब एक दशक लामो इतिहासमा हुण्डाई क्रेटा हुन्डाई मोटर्स कम्पनीको सर्वाधिक रुचाईएको मिड साईज एसयूभीमा पर्दछ । पहिलो जेनेरेसन क्रेटा सन् २०१५ बाटै उत्पादन तथा बिक्री सुरु भएको थियो । एक दशक यात्रा पार गरि लाखौ उपभोक्ताको मन जित्न सफल क्रेटा सन् २०२५ को जनवरीबाट भारतीय बजारमा इलेक्ट्रिक भर्सनमा पनि उत्पादन तथा बिक्रि सुरु भई सकेको छ । इन्टरनल कम्बस्चन ईन्जीन (ICE) मा सफल क्रेटा इलेक्ट्रिक भर्सनमा पनि सर्वाधिक रोजाईमा पर्ने कुरा निश्चित नै छ ।

विश्व बजारमा इलेक्ट्रिक सवारीको बिक्री उल्लेख्य रुपमा बढ्नु तथा नवीन प्रविधिको प्रयोगले गर्दा नेपाली बजारमा पनि इलेक्ट्रिक सवारीको बिक्री उल्लेख्य रुपमा बढेको छ । नेपाली उपभोक्ता माझ पनि क्रेटा सर्वाधिक रुचाइएको एसयूभीमा पर्दछ । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक बितरक लक्ष्मी ईन्टरकन्टिनेन्टलको डाईनामिक सेल्स तथा सर्भिस चेनले गर्दा पनि हरेक ग्राहकको मन जित्न सफल नै रहेको छ । ग्राहकलाई उच्चस्तरीय सुबिधायुक्त सर्भिस स्टेसन तथा वारेन्टी यस्योरेन्सले गर्दा नेपाली बजारमा बेस्ट सेलिङ्ग एसयूभीको रुपमा वर्षौदेखि स्थापित छ ।

Cutting Edge टेक्नोलोजी, Advance Safety  फिचर र पर्फर्मेन्समा ग्यारेन्टेड क्रेटा ईभी हुण्डाईको प्रतिक्षित एसयूभीमा पर्दछ । लामो समयको रिसर्च अनि डेभलपमेन्ट पछि ग्राहकको चाहना अनरुप डिजाईन गरिएको क्रेटा ईभी नेपाली उपभोक्ता माझ उत्कृष्ट मोडलको रुपमा स्थापित हुने कुरा निश्चित नै छ । चैत्र दोस्रो सातादेखि बिक्री प्रारम्भ हुने क्रेटा ईभी २ वटा ब्याट्री भेरियन्ट, ४२ Kwh ब्याट्री प्याकको ड्राईभिङ्ग रेन्ज ३९० km रहने छ भने ५१.४ Kwh ब्याट्री अप्सनको ड्राईभिङ्ग रेन्ज ४७५ km  हुनेछ ।

एड्भान्स Technology, Segment first ११ kw Fast AC चार्जिङ सुबिधा लगायत धेरै फिचर क्रेटा ईभीमा पाइनेछ । होम चार्जिङको समय १०%-१००% मात्रै ४ घण्टा रहने छ । साथै Fast DC चार्जिङको समय १०%-८०% मात्रै ५८ मिनेट रहेको छ । ग्राहकको सुरक्षामा सँधै अग्रसर रहेर उच्चस्तरीय Safety प्रत्याभुती प्रदान गर्न ७५+ एड्भान्स Safety फिचर रहेका छन भने ६ Airbag र Four Disc Brake पनि क्रेटा ईभीका महत्वपुर्ण फिचर हुन । नोबल प्रविधिमा V2L फिचर पनि क्रेटा ईभीमा उपलब्ध हुनेछ ।

ड्राईभ मोड सेलेक्सन (Normal, Eco & Sport), २६.०३cm (१०.२५”) Multi Display Cluster, २६.०३ cm (१०.२५”) HD Audio Video Navigation, Android Auto and Car Play, Voice Recognition, Dual Zone Automatic Temperature Control, Electric Parking Brake with Auto Hold, Paddle Shifters for adjustable regenerative braking, Remote Start with Smart Key, Ventilated front Seat, Shift By Wire, 17” Aero Alloy Wheel लगायत धेरै फिचर क्रेटा ईभीमा पाउन सकिने छ ।

नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क विस्तार गरी ग्राहकको मन जित्न सफल हुण्डाई ग्राहकको पहिलो रोजाईमा पर्दै आएको छ । ठिक यसैगरी क्रेटा ईभी पनि नेपाली उपभोक्ताको पहिलो रोजाईमा पर्नेमा कुनै दुबिधा छैन । लक्ष्मी मोटर कर्पोरेशन नेपालमै पहिलो पटक चारपाङ्ग्रे सवारीको ऐसेम्बल प्लान्ट स्थापना गरि विस्वस्तरीय प्रविधिको प्रयोगमार्फत सर्वाधिक रोजाईको VENUE सन् २०२४ बाटै उत्पादन र बिक्री गर्दै आइरहेको छ । यी विभिन्न कुराहरु ग्राहकको हित संरक्षण र सुविधाका लागि महत्वपुर्ण छन् । यसकारण ‘ग्राहकको पहिलो रोजाई हुण्डाइ, अनि हुण्डाई क्रेटा ईभी एक नवीन भेहिकल’ भन्न सकिन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img