टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले वीरगञ्जमा कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक गरेको छ । वीरगञ्जस्थित प्राइम मोटर्समा कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा सफारी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान सहभागी थिए ।
‘वीरगञ्जमा टाटाका नँया गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं । अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नु हुन्छ । बिक्रीपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको छ,’ कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले भने, ‘त्यसैले टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन सक्नुहुन्छ । सिप्रदीको सुरुवात देखि नै बिक्रिपछिको सेवालाई जोड दिदै आएको छ ।’
त्यस्तै प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले टाटा मोटर्सका आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा खुशी भएको बताए । विशेषगरि भारतमा निकै रुचाइएको टाटा कर्भ ईभीको धेरै ग्राहकहरु प्रतीक्षा गरिरहेका र गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको सापकोटाको भनाइ छ ।
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ ईभीमा सिंगल चार्जमै लामो दूरीको यात्रा काठमाडौँ, भारतको पटना, मुज्जफापुर सजिलै आवत जावत गर्न सकिने बताएका छन् ।













