रिड्डारा RD6 ले थाइल्यान्डमा २०२५ को सर्वश्रेष्ठ EV पिकअप अवार्ड जितेको छ । जसले रिड्डारा RD6 लाई पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने माइलस्टोन बनाएको छ।
नेपालमा रिड्डारा RD6 लाई २०२४ को NADA अटोशोमा लन्च गरिएको थियो, जहाँ यसले ग्राहकहरुको राम्रो प्रतिक्रिया पाएको थियो ।
CG मोटर्सले नेपालमा रिड्डारा RD6 को प्रस्तुतिका साथ अत्याधुनिक प्रविधि र उपयोगिता ल्याएको छ। जिलीको राडार ब्राण्ड अन्तर्गत विकास गरिएको RD6 मल्टीप्लेक्स अट्याच्ड आर्किटेक्चर (MAP) मा निर्माण गरिएको हो, जुन सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर (SEA) प्लेटफर्ममा आधारित छ।
नेपालभर २२ सर्भिस सेन्टरहरु सहित, CG मोटर्सले उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको पहुँच सुनिश्चित गरेको छ। त्यसैगरी 240 प्लस चार्जिङ स्टेसनहरूसँग रिड्डारा RD6 ले नेपालमा सहज रुपमा चार्जिङको सुविधा पाउछ ।













