चीनबाट विभिन्न कम्पनीले ल्याएका करिब ४ सय युनिट विद्युतीय सवारी तातोपानी नाकामै रोकिएका छन् । निजी प्रयोजनका कार÷जीपसहित माइक्रो बस र केही दुई पाङ्ग्रे सवारीसाधन भन्सारमै रोकिएको भन्सार कार्यालयले जनाएको छ ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार अहिले करिब ४ सय ईभी भन्सार नाकामै थन्किएका हुन् । भन्सार जाँचपास नहुँदा ति सवारीसाधनहरु भन्सारमा रोकिएका हुन् ।
उनका अनुसार चीनबाट भन्सार यार्डमा आइपुगेका गाडीहरु जाँचपास गरेर लैजान आयातकर्ताहरु इच्छुक नहुँदा गाडीहरु नाकामै थन्किएका हुन् ।













