पिटी नेटा अटो इन्डोनेसियाले सन् २०२५ को इन्डोनेसिया इन्टरनेशनल मोटर शो (आइआइएमएस) मा पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३–२३ सम्म जेआई एक्स्पो केमायोरन, जकार्तामा आयोजित शोमा नेटा भी र नेटा एक्सको ३२८ बुकिङ प्राप्त भएको बताइएको छ ।
“यो उपलब्धिले इण्डोनेसियाली ग्राहकहरूको विश्वास दर्शाउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ,’ पिटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक क्रिस लानले भने ।
आइआइएमएस २०२५ ले नेटा भी– ११ अर्बन स्पोटर्स कन्सेप्ट प्रस्तुत गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा, र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गरेको छ । ‘इण्डोनेसिया विश्वकै ठूला ईभी बजारमध्ये एक बन्ने सम्भावना राख्छ, नेटाले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्री पछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ,’ लानले भने ।
यसैबीच, नेपालमा नेटाको आधिकारिक वितरक सिजी मोर्टसले १००० भन्दा बढी नेटा भी र नेटा एक्स बिक्री गरिसकेको जनाएको छ ।













