नेपालका लागि दीपाल, नामी र सेरेस ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले काठमाडौँमा आयोजना गरेको ‘एमएडब्लु ईभी कार्निभल’को आज अन्तिम दिन रहेको छ । आइतबारबाट नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका शोरुमहरुबाट एकैसाथ सुरु भएको ईभी कार्निभल आज बुधबारसम्म चल्ने छ ।
नेपालकै हालसम्मको ठूलो यस ईभी कार्निभलमा ग्राहकले दीपाल, नामी र सेरेस ब्राण्डका ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सक्नेछन् ।
कार्निभलमा उपभोक्ताले हरेक मोडेलको खरिदमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसिरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् । नेपालका ‘टप ८ रिकन्डिशन हाउस’बाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिहन भ्यालु पनि पाउने छन् ।
हरेक टेस्ट ड्राइभ र भ्यालुएशनमा पनि ग्राहकले उपहार पाउनेछन् ।
कार्निभलमा चांगान मोटर्सको हन्टर पिकअप पनि प्रदर्शनी गरिएको छ । यसलाई मात्र १० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिने छ ।
बुकिङ्ग गर्नेमध्ये हरेक दिन एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनेछन् । बम्पर उपहारमा बुकिङ्ग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन–१६ प्रोम्याक्स पाउने कम्पनीले जनाएको छ ।













