Sunday, April 19, 2026
spot_img
spot_img

विश्वभर नेपालको पर्यटन प्रबर्द्धन गर्न आईटीबी बर्लिन-२०२५ मा नेपाल पभेलियन स्थापना

spot_img
spot_img

नेपाल पर्यटन बोर्डले जर्मनीको बर्लिनमा सुरु भएको आईटीबी बर्लिन-२०२५ मा नेपाल पभेलियन स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मंगलबार नेपाल पभेलियनको उद्घाटन गरेका हुन् ।

नेपाललाई विश्वभरका पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन नेपाल पर्यटन बोर्डले २८ प्रतिष्ठित पर्यटन व्यवसायीहरूलाई यस मञ्चमा सहभागी गराउने भएको छ, जसमा एडभेन्चर टुरिजम, सांस्कृतिक अन्वेषण, ट्रेकिंग र प्रिमियम आतिथ्य सेवाहरूको समावेश छ।

मन्त्री पाण्डेले उद्घाटन समारोहमा नेपालका अद्वितीय पर्यटकीय सम्भावनाहरूको चर्चा गर्दै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रबर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समारोहमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायत नेपाल र विभिन्न देशका पर्यटन व्यवसायीहरूको उपस्थिती रहेको थियो।

नेपाल पभेलियनमा नेपालको अद्वितीय प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, सांस्कृतिक धरोहर र अन्य प्रमुख पर्यटन गन्तव्यहरू प्रस्तुत गरिने छन् । आईटीबी बर्लिन-२०२५ लाई नेपालको दिगो पर्यटन प्रतिबद्धता र प्रबर्द्धनका लागि उपयुक्त अवसरका रूपमा प्रयोग गर्नु पर्ने मन्त्री पाण्डेले बताए ।

आईटीबी बर्लिनजस्तो प्रमुख अन्तर्राष्ट्रिय मञ्‍चमा नेपाली कम्पनीहरूको सहभागिताले नेपालका पर्यटकीय आकर्षणहरूलाई प्रबर्द्धन गर्ने एउटा सुनौलो अवसर भएको बोर्डका सीईओ जोशीले विश्‍वास व्यक्त गरे । यो कार्यक्रम नेपालका विविध पर्यटन क्षेत्रहरूलाई प्रवर्द्धन गर्नका साथै, अन्तर्राष्ट्रिय पर्यटन उद्योगसँग साझेदारी गर्ने र नयाँ बजारमा नेपालको पहिचानलाई थप सशक्त बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ । यसले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाहरूको खोजी गर्ने र नेपाललाई विश्वभरका पर्यटकहरुसमक्ष प्राथमिक गन्तव्यको रूपमा प्रस्तुत गर्ने बोर्डको अपेक्षा छ ।

सन् १९९६ बाट सुरू भएको आईटीबी बर्लिन विश्वको प्रमुख यात्रा व्यापार मेला हो र यस वर्ष १८० भन्दा बढी देशबाट १०,००० भन्दा बढी पर्यटन व्यवसायीहरूको सहभागिता रहने छ। नेपालले यस मञ्चलाई आफ्नो हिमालमा ट्रेकिङ, सांस्कृतिक अन्वेषण र साहसिक पर्यटनका विशेष अनुभवहरूलाई विश्वभर चिनाउनको लागि निरन्तर सक्रिय रूपमा प्रयोग गर्दै आएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...
spot_img