Thursday, April 23, 2026
spot_img
spot_img

ईभीलाई निरुत्साहित, पेट्रोल डिजेल गाडीलाई प्रवद्र्धन, सरकारको नीति नै अस्थिर

spot_img
spot_img

राष्ट्र बैंकले विद्युतीय सवारी साधनको लोन टू भ्यालू रेसियो परिमार्जन गरेर ८० प्रतिशतबाट ६० प्रतिशतमा सिमित गरेपछि गाडी बिक्रेताभन्दा सर्वसाधारणले बढी चासो देखाइरहेका छन् । संस्थागत रुपमा नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले ढिला गरि असन्तुष्टि जनाएपनि बिक्रेताहरु भने खासै बोलेका छैनन् ।

बिवाईडी बिक्रेता साइमेक्स इंक, टाटा बिक्रेता सिप्रदी ट्रेडिङ, दीपल बिक्रेता एमएडब्ल्यू जस्ता स्थापित घरानाहरुले मुख नखोल्दा आम सर्वसाधारण पनि अन्यौलमा परेका छन् । चार पाङ्ग्रे ईभी ब्राण्ड मात्रै दुइ दर्जन हाराहारीमा भित्रिसके पनि केन्द्रीय बैंकले लोन टू भ्यालू रेसियोमा गरेको परिमार्जनबारे ति ब्राण्डका बिक्रेता मौन बस्दा यो प्रावधान लामो अवधि जान सक्ने देखिएको एक जना व्यवसायीले बताए ।

त्यसो त, प्यासेन्जर सेग्मेन्टमा ईभी ल्याएर व्यवसायिक रुपमा चलाउन सुरु गर्ने सुन्दर यातायात पनि यसबारे मौन जस्तै देखिएको छ । ईभीमा कर बढ्दा सबैभन्दा पहिला बोल्ने सुन्दर यातायात अहिले चुपचाप देखिएको छ । सँगै, चार्जिङ स्टेशनमा विद्युतको डिमाण्ड चार्ज लाग्न नहुने, ट्रान्सफर्मर निःशुल्क दिइनुपर्ने जस्ता माग राखेर ईभीको बजार विस्तारमा सघाएको सुन्दर यातायात अहिले किन चुपचाप छ भन्ने सर्वत्र चासो देखिएको छ ।

‘ईभीको एडप्टेशनमा नेपाल विश्वमै अगाडी देखिएको छ, तर अहिले ईभी बिक्रेता घरानाहरु ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने गरि राष्ट्र बैंकले ल्याएको नयाँ प्रावधानमा मौन बस्नुले ईभीप्रति नै शंका उब्जाउने खतरा बढेको छ’ एक जना बिक्रेता भन्छन्, ‘यसमा बोल्नुपर्ने संस्था पनि ढिलो गरि बोल्यो, जुन कुरा नाडाले बोल्नु र नबोल्नुमा खासै औचित्य नै देखिएन । यो विषय ईभी बेचिरहेका कम्पनीहरुले समेत बोल्नुपर्ने विषय हो, तर उनीहरु मौन छन् ।’

यसैबीच, नयाँ ईभी ब्राण्ड ल्याएका केही कम्पनीबाहेक पूराना घरानाहरु सबैले आईसी इन्जिनवाला गाडी पनि बेचिरहेको हुनाले केन्द्रीय बैंकले आईसी इन्जिनको गाडीमा पनि ६० प्रतिशतसम्म फाइनान्सिङ गर्न सक्ने प्रावधान ल्याउँदा खुशी भएर ईभीको लोन टू भ्यालू रेसियो घटाउँदा उनीहरु बोल्न नसकेको पनि हुन सक्ने कतिपयको बुझाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img