Friday, July 17, 2026
spot_img

ईभीमा ६० प्रतिशत मात्रै फाइनान्सिङको प्रावधान लागू

spot_img

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घोषणा गरेको विद्युतीय सवारी साधनमा ६० प्रतिशतसम्म मात्रै फाइनान्सिङ गर्न पाउने प्रावधान लागू भएको छ । बैंक तथा वित्तीय संस्थाको लागि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासँग सम्बन्धित र अन्य विषय समेटेर एकिकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले ईभी खरिदकर्तालाई अधिकतम ६० प्रतिशतसम्म मात्रै फाइनान्सिङ गर्नुपर्ने नियम लागू गरेको हो ।

‘इजाजतपत्रप्राप्त संस्थाले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ’ राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनमा भनिएको छ ।

यससँगै, अब ईभी र व्यक्तिगत प्रयोजनका लागि अन्य गाडी खरिद गर्नेले ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको छ । बैंक तथा वित्तीय संस्था र हायर पर्चेज सेवा प्रदायक कम्पनीहरुले अब ६० प्रतिशतसम्म मात्रै फाइनान्सिङ गर्न पाउने छन् ।

यसअघि व्यक्तिगत प्रयोजनका विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्सिङ हुँदै आएको थियो । खरिदकर्ताले जम्मा २० प्रतिशत मात्रै डाउनपेमेन्ट गरे पुग्थ्यो । अब भने ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको छ । यो प्रावधानले ईभीको खपत कम हुन जाने भन्दै नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले यो व्यवस्था सच्याउन माग गरेको छ । तर, केन्द्रीय बैंकले आफूले मौद्रिक नीति समीक्षामा घोषणा गरेका प्रावधान अनुसारकै निर्देशन जारी गरेसँगै उक्त प्रावधान अब कार्यान्वयनमा आएको छ ।

ईभी र व्यक्तिगत प्रयोजनका अन्य गाडीका लागि केन्द्रीय बैंकले लागू गरेको फाइनान्सिङ सम्बन्धि नयाँ प्रावधान

यसैबीच, डिजेल पेट्रोलबाट चल्ने गाडीका बिक्रेताहरुलाई भने केही राहत भएको छ । यसअघि आईसी इन्जिनका गाडी खरिदमा उपभोक्ताले ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने र ५० प्रतिशत फाइनान्सिङ सुविधा पाउँदै आएका थिए । अब भने निजी प्रयोजनका लागि आईसी इन्जिनका गाडी खरिदमा पनि ४० प्रतिशत मात्रै डाउनपेमेन्ट गरे पुग्नेछ भने ६० प्रतिशत फाइनान्सिङ सुविधा उपलब्ध हुने भएको छ ।

के पर्छ प्रभाव ?

नाडाका अनुसार ईभीमा ८० प्रतिशतसम्म हुँदै आएको फाइनान्सिङ ६० प्रतिशतमा झार्दा ईभीको बजार कमजोर हुन गई गाडीको माग र बिक्री घट्ने देखिन्छ । अहिले २ दर्जन बढी चल्तीका ब्राण्डले ईभी बेचिरहेका छन् भने नयाँ ब्राण्ड पनि थपिने क्रम बढिरहेको छ । बजारमा एकातर्फ उच्च प्रतिस्पर्धा रहेको र अर्कोतर्फ अब सुरुमै डाउनपेमेन्ट धेरै तिर्नुपर्ने हुँदा यसले ईभीको बजार प्रभावित बन्न सक्ने अटोमोबाइल्स व्यवसायीहरुको चिन्ता छ ।

तर, सुरुमा केही बढी डाउनपेमेन्ट तिरेपछि कम फाइनान्सिङ सुविधा अर्थात् कर्जा कम लिँदा त्यसले गाडी खरिदकर्तालाई भविष्यमा सहज हुन्छ भन्ने केन्द्रीय बैंकको बुझाई देखिन्छ । कम कर्जा लिँदा त्यसबापतको ब्याज पनि कम तिर्नुपर्ने हुन्छ । यसकारण राष्ट्र बैंकको नयाँ प्रावधानले उपभोक्तालाई नै सहज बनाएको राष्ट्र बैंकका अधिकारीहरुको दाबी छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img