Friday, July 17, 2026
spot_img

विद्युतीय गाडीको बीमा प्रीमियम बढाउने तयारी, नयाँ निर्देशिका ल्याउँदै प्राधिकरण

spot_img

नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आयात र खपतसँगै यस्ता सवारी साधनको बीमाका लागि नयाँ निर्देशिका ल्याउने तयारी अघि बढेको छ । नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारी साधनको बीमाका लागि नयाँ निर्देशिकाको तयारी अघि बढाएको हो ।

प्राधिकरणले अहिले नयाँ निर्देशिका ल्याउने सम्बन्धमा आवश्यक परामर्श गरिरहेको छ । सरोकारवालासँग राय सुझाव समेत माग गरेर निर्देशिका तयार गरिने प्राधिकरणका अधिकारीहरुले बताएका छन् । जोखिम विश्लेषण गरेर ल्याइने निर्देशिकामार्फत ईभीको बीमा गर्दा नयाँ प्रीमियम दर पनि तोकिने बताइएको छ ।

‘डेढ वर्ष अगाडी प्राधिकरणले अध्ययन गरेको थियो, त्यतिबेला नै आयातकर्ता लगायतका सरोकारवालासँग एक चरणको छलफल पनि भएको हो’ स्रोतले भन्यो, ‘त्यसपछि अघि बढ्न नसकेको यो विषय अहिले पुनः अघि बढाउन लागिएको हो । ईभीको बीमाका लागि निर्देशिका चाहिन्छ भन्ने आवश्यकताको बोध पनि भइसकेको छ ।’

‘आईसी इन्जिन र ईभीमा एउटै प्रीमियमदर हुँदैन’

प्राधिकरण स्रोतका अनुसार अहिले डिजेल पेट्रोलबाट चल्ने गाडी र विद्युतीय गाडीको बीमा गर्दा प्रीमियम दर एउटै छ । तर, ईभीको जोखिम विश्लेषण नगरि एउटै दर लागू गरेकोमा बीमा कम्पनीहरु पनि सन्तुष्ट छैनन् ।

‘अन्तर्राष्ट्रिय अभ्यास समेतलाई हेरेर निर्देशिकामा स्पष्ट रुपमा प्रीमियमको विषय समावेश हुन्छ’ स्रोत थप्छ, ‘अन्तर्राष्ट्रिय बजारमा ईभीको बीमा प्रीमियम डिजेल पेट्रोल गाडीको तुलनामा ३० प्रतिशतभन्दा बढी हुँदो रहेछ । अब नयाँ निर्देशिका आएपछि नेपालमा पनि आईसी इन्जिन र ईभीको बीममा एउटै प्रीमियमदर हुँदैन । हाम्रो अहिलेसम्मको विश्लेषणले ईभीको बीमा प्रीमियम बढाउनुपर्छ भन्ने नै देखिएको छ ।’

दाबी भूक्तानीलाई पनि सहज बनाउँछौँः प्राधिकरण

नयाँ निर्देशिकामा प्रीमियम दरको विषय मात्रै नभई दाबी भूक्तानीसम्मका विषय समावेश हुनेछन् । सन् २०१९ बाट ईभीको प्रयोग बढ्न थालेको भएपनि २०२२/०२३ बाट ‘ईभी एडप्टशन’ धेरै हुन थालेको र अब क्रमशः ईभीमा समस्या पनि देखिन सुरु भएको र बीमाको दाबी पाउन सहज प्रक्रिया आवश्यक हुने ठानेर प्राधिकरणले नयाँ निर्देशिका ल्याउन लागेको बताएको छ ।

‘नयाँ निर्देशिकामा खाली जोखिमका आधारमा प्रीमियमको कुरा मात्रै हुँदैन, दाबी भूक्तानी सम्मका विषय हुन्छन्’ प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले भने, ‘अहिले ईभीको बीमा बापतको दाबी बढ्न थालेको छ । यसलाई सरल बनाउन पनि नयाँ निर्देशिका चाहिएको छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img