Thursday, April 23, 2026
spot_img
spot_img

झापामा टोयोटाको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम सुरु, इटहरीमा पनि हुँदै

spot_img
spot_img

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले फाल्गुन १६ देखि फाल्गुन १९ गते सम्म झापाको बिर्तामोडमा “Experience Toyota” आयोजना सुरु गरेको छ ।

दरबार रेस्ट्रो बिर्तामोडमा टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम आयोजना भैरहेको छ । फाल्गुन १८ र १९ मा इटहरीको Sky luxe होटेलमा “Experience Toyota” आयोजना हुनेछ ।

झापा र इटहरीलाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री  इन्सुरेन्स, बैंकिंग सुबिधा, रोड कर, विभिन्न  उपहारहरु समेत पाउनेछन ।

सकिने टोयटा नेपालकी उप महा प्रबन्धक रेखा शाह कार्कीका अनुसार आज ठिक ३ बजे बिर्तामोडको नयाँ भद्रपुर रोडमा रहेको दरबार रेष्ट्रोबाट सुरु भई दोमुखा रिसोर्टमा गए ड्राइभ सकिने छ ।

यो कार्यक्रम टोयोटाका ग्राहकहरू तथा सम्भावित खरिदकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको हो, जसअन्तर्गत उनीहरूले टोयोटाका विभिन्न मोडेलहरू परीक्षण गरि ड्राइभ अनुभव गर्न सक्नेछन् ।

यस  टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई यस प्रा.लिको विभिन्न सुबिधाको बारेमा जानकारी गराईनेछ । ग्राहकलाई यू.टि.एस संग विभिन्न मोडलका गाडीहरु उपलब्द  रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभमा आउन पनि कम्पनीले अनुरोध गरेको छ ।

साथै,  यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति  विभिन्न बैंकसंग बैंकिंग फाईनान्सको पनि ब्यबस्था गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img