Sunday, April 19, 2026
spot_img
spot_img

‘रोयल थिम’सहित जी–रामायण होटल सञ्चालनमा

spot_img
spot_img

काठमाडौंको सोह्रखुट्टेमा जी–रामायण होटल सञ्चालनमा आएको छ । पाहुनालाई शाही स्वागत (रोयल थिम) प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको होटलमा हाल ४० कोठा पूर्ण सञ्चालनमा आइसकेका छन् । ‘रोयालिटी विथ लक्जरी’ भन्ने नारासहित खुलेको होटल पूर्ण सञ्चालनपश्चात ५५ कोठा हुनेछन् ।

सञ्चालनमा आएका ४० वटै कोठाहरु फरक शैलीमा निर्माण भएको होटलका अध्यक्ष डा. उमेश गुप्ताले जानकारी दिए । दुई दशकभन्दा बढी समय ट्राभल क्षेत्रमा अनुभव हासिल गरेका गुप्ताले संसारका विभिन्न मुलुकको भ्रमणपछि नेपालमा मौलिक र विलासी सुविधासहित होटल खोल्ने लक्ष्यअनुसार जी रामायण सञ्चालनमा ल्याइएको बताए ।

नेपालका अन्य होटलमा आएका पर्यटकलाई पनि पृथक स्वाद र सम्मानका लागि यस होटलमा ल्याएर अनुभव गराउने लक्ष्य राखिएको छ भने होटलको कोठाअनुसार प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजारसम्म शुल्क निर्धारण गरिएको छ । लन्डन स्वीट, रोयल राजस्थान स्वीट र टर्किश स्वीटका रुमहरु रहेको यो होटल नेपालका लागि पृथक अनुभव हुने बताइएको छ ।

सात तले यस होटलमा अन्तर्राष्ट्रियस्तरको ज्याकुजी, केरला थेरापी स्पा, जीम, साउना, स्वीमिङ पुल लगायत सुविधा रहेका छन् । होटलमा ३ सय जनाका लागि बैंक्वेट सुविधा रहेका छन् । होटलका कोठाहरूमा बिडेट, छुट्टै ट्वाइलेट, र सावरजस्ता सुविधाहरू छन्, साथै हेयर ड्रायर पनि उपलब्ध छ ।

होटलमा पार्किङ लगायत सुविधा छ भने यो होटल काठमाडौं दरबार स्क्वायरबाट मात्र १.९ किमी टाढा छ । नारायणहिटी दरबार संग्रहालय होटलबाट करिब २० मिनेटको दूरीमा अवस्थित छ । ठमेलसम्म केवल ९ मिनेट पैदल यात्रा गरेर पुग्न सकिने यो होटल सोरहखुट्टे बस स्टपको केही कदम नजिकै छ ।

रेष्टुरेन्ट लगायतका अन्य सबै सुविधा रहेको होटलमा अध्यक्ष गुप्तासहित साजन शाक्य, नाफिसा खातुनको लगानी रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...
spot_img