Friday, June 5, 2026
spot_img

लाइफ इन्स्योरेन्स कर्पोरेशनको लिलामीको शेयर बाँडफाँड, सोमबारबाट पैसा फिर्ता

spot_img
spot_img

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार फागुन १५ गते शेयर बाँडफाँड गरिएको हो ।

यस लिलामीको शेयरको प्रारम्भिक कट अफ मूल्य १०२२ रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाएका छन् । १०२२ मै आवेदन दिनेले समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर पाएका छन् । लिलामीको शेयरमा कुल १ हजार ७ सय ९९ वटा आवेदन परेका थिए।

अब शेयर नपरेकाहरुलाई फागुन १९ गते सोमबारदेखि पैसा फिर्ता गरिने भएको छ।  आवेदकले आवेदन फारममा उल्लेख अग्रेको बैंक खातामा आईपीएस मार्फत रकम फिर्ता गरिने कम्पनीले जनाएको छ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म अवितरित हकप्रद शेयर लिलाम गरेको थियो। कम्पनीले १ः०.८८४५१६८ अनुपातमा हकप्रद निष्काशन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता अवितिरत हकप्रद शेयर लिलाम गरेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...
spot_img