Thursday, April 23, 2026
spot_img
spot_img

नाडाले भन्यो, ‘मौद्रिक नीति समीक्षाले ईभीको बिक्री घटाउने देखियो’

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले विद्युतीय गाडीको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत गरिएको असन्तुष्टि जनाएको छ । नेपाल राष्ट्र बैंङ्कले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत ईभीको लोन टू भ्यालू रेसियो ८० प्रतिशतबाट ६० प्रतिशतमा झारेपछि नाडाले असन्तुष्टि जनाएको हो ।

मौद्रिक नीतिको समीक्षाबारे आफ्नो धारणा सार्वजनिक गर्दै नाडाले विद्युतीय सवारी साधनको बिक्रीमा लोन टू भ्यालू रेसियो ६० प्रतिशतमा खुम्च्याइँदा ईभीको व्यवसायमा लागेका व्यवसायीहरुलाई भने ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको जनाएको हो ।

‘नेपाल राष्ट्र बैंकको यस नीतिबाट विद्युतिय सवारी साधनहरुको प्रयोगमा निश्चित रुपमा कमी आउने अवस्था आएको छ’ नाडाले भनेको छ, ‘विद्युतीय सवारी साधनहरुको हकमा व्यवसायीहरुको लगानीलाई सुरक्षित बनाउनका लागि यसअघि कै नीति अर्थात ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछौँ ।’

नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ६० प्रतिशत कायम गरिनु भने सह्रानीय नै भएको समेत जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img