अब विद्युतीय गाडी खरिद गर्दा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति समीक्षामार्फत विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टू भ्यालू रेसियो) ६० प्रतिशत कायम गरेसँगै अब ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको हो ।
यसअघि ईभी किन्दा बैंक तथा वित्तीय संस्था र हायर पर्चेज सेवा प्रदायक संस्थाबाट ८० प्रतिशतसम्म फाइनान्सिङ हुँदै आएको थियो । ईभी खरिदकर्ताले मूल्यको २० प्रतिशत मात्रै डाउनपेमेन्ट गरे हुन्थ्यो । अब भने वित्तीय संस्थाले ६० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाउने भएका हुन् ।
‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ’ राष्ट्र बैंकले भनेको छ ।













