Friday, July 17, 2026
spot_img

अटोबजारमा महाभिडन्त: सर्वाधिक सफल ब्राण्डका नयाँ ईभीले तताउँदै छन् बजार

spot_img

सुस्ताएको अटोमोबाइल्स बजार अहिले ईभीमय हुँदा गुल्जार देखिँदैछ । आयातको आँकडा हेर्दा निजी कारमा ईभीको हिस्सा ७० प्रतिशत नाघेको छ भने कमर्सियल सेग्मेन्टमा पनि ईभीको उपस्थिति बढ्दो छ । त्यसो त, अहिले खासगरि मूल्यका हिसाबले ५० लाखदेखि ६५ लाख भित्रको ब्राकेटमा आउने ईभीबीच चर्को प्रतिस्पर्धा छ ।

अब फेरि एक समय नेपाली बजारमा सर्वाधिक सफल मानिएका अटो ब्राण्डहरुबीच प्रतिस्पर्धा हुने भएको छ । टाटा, हुण्डाई र एमजीका नयाँ गाडीहरुबीच अब प्रतिस्पर्धा चुलिने देखिएको छ । सबैका आ–आफ्नै विशेषता छन्, जसले ग्राहक तान्न ति विशेषताहरुको प्रचार गरिरहेका छन् ।

टाटा: कर्भ

टाटाको कर्भ ईभी हालै सार्वजनिक भइसकेको छ । टाटा मोटर्सको नोपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा कर्भ ईभी सार्वजनिक गरेको छ ।

आफ्नो पहिलो कूपे एसयूभीका रुपमा कर्भ ईभी सार्वजनिक गरेको सिप्रदीले हाल नेपालमा यसको टप भेरियन्ट मात्रै बिक्री हुने जनाएको छ । यस गाडीको मूल्य ५६ लाख ९९ हजार तोकिएको छ ।

कम्पनीका अनुसार यस गाडीमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले गाडीलाई सवारीसाधन, पैदलयात्रीमा ठोकिँन दिँदैन । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्ने बताईएको छ ।

ग्राउण्ड क्लियरेन्स १८६ एमएम रहेको यो कारले सेफ्टी रेटिङ फाइभ स्टार पाएको छ । ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा बनाइएको छ । गाडीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक छ ।

एमजी: एस–५

पारामाउण्ट मोटर्सले एमजी एस–५ नेपाल ल्याउँदैछ । मार्च लाग्नासाथ एस–५ को औपचारिक लन्च गर्ने तयारीमा कम्पनी छ । ‘प्योर इलेक्ट्रिक प्लेटफर्म’मा निर्माण भएको र नेपाली बजारले पर्खिरहेको ‘एस–५’लाई लिएर कम्पनी निकै आशावादी पनि देखिएको छ ।

४९ किलोवाटका २ वटा र ६२ किलोवाटको एउटा भेरियन्टमा आउने यो गाडी ‘रियर ह्वील ड्राइभ’मा आउँदैछ । ४९ किलोवाटका २ भेरियन्टमध्ये एउटाको बिक्री मूल्य ५० लाखभन्दा तल र अर्कोको बिक्री मूल्य ५५ लाखभन्दा तल हुने देखिएको छ । ६२ किलोवाटमा उपलब्ध हुने गाडीको बिक्री मूल्य चाहिँ ६० लाखभन्दा केही तल हुन्छ भन्ने देखिएको छ ।

यसको २ भेरियन्टमा १७ र १८ इन्चको टायर छ । १७ इन्चको टायरमा १७५ एमएम ग्राउण्ड क्लियरेन्स छ भने १८ इन्चको टायरमा १८० एमएम ग्राउण्ड क्लियरेन्स छ ।

अर्को गजबको कुरा के छ भने, गाडीको ब्याट्री बिग्रिएर फेर्नुपर्ने अवस्था आएमा पूरानो ब्याट्री भारतको ‘लोहाम’ कम्पनीले लैजाने गरि पारामाउण्टले सम्झौता गरिसकेको छ । ब्याट्रीको ‘हेल्थ एण्ड कण्डिशन’ हेरेर गाडीधनीले केही मात्रामा पैसा पनि पाउँछन् । यसकारण ब्याट्री बिग्रिएमा के गर्ने भन्ने चिन्ता पनि हटेको छ । साथै, ब्याट्रीको वारेन्टी ८ वर्षको छ ।

साथै, गाडी चलाइरहँदा कारणबस चालक निदायो वा थाक्यो भने सेन्सरले सेन्स गरेर ‘आर्लाम’ लगाइदिन्छ । यसले गाडीलाई थप सुरक्षित बनाएको छ ।

हुण्डाई: क्रेटा

हुण्डाईका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘क्रेटा ईभी’ नेपाल ल्याउँदैछ । यो निकै प्रतिक्षा गरिएको गाडी अन्तर्गत पर्छ । क्रेटा ईभी २ वटा ब्याट्री प्याकमा उपलब्ध हुँदैछ ।

क्रेटा ईभीमा २ सय एमएमको ग्राउन्ड क्लियरेन्स हुन्छ । यसको अर्थ यो ईभी नेपालको जस्तोसुकै बाटोमा पनि जान सक्ने कम्पनीको दाबी छ । यसमा ब्रेक ओभर एङ्गल १७ डिग्रीभन्दा माथि छ । जसका कारण ब्याट्री थप सुरक्षित छ ।

यसमा ४२ किलोवाट आवर क्षमताको ब्याट्री हुन्छ । कम्पनीका अनुसार नेपालको बाटोमा यसले थोरैमा पनि ३२० किलोमिटर भन्दा माथिको रेन्ज दिने देखिएको छ । अर्को कुरा, गाडीमै फुल साइजको स्पेयर टायर पनि दिइएको छ । पन्चर भइहाल्यो भने पनि समस्या भएन ।

भारतमा १७ लाख ९९ हजार भारुबाट यसको मूल्य सुरु छ, नेपाली बजारमा पनि ५५ लाख आसपास नै यसको बिक्री मूल्य कायम हुने देखिन्छ ।

हुण्डाईले पनि यदि ब्याट्री फेर्नुपर्ने अवस्थामा गाडीधनीले पूरानो ब्याट्रीको थोरै भएपनि मूल्य पाउन सकुन् भनेर भारतीय कम्पनीसँग सहकार्य गर्दैछ ।

क्रेटा र एस–५ मार्च लाग्नासाथ लन्च हुँदैछन् । त्यतिबेलासम्म टाटाको कर्भले धमाधम बुकिङ लिइरहेको हुनेछ । यस आधारमा मार्च–अप्रिल महिनामा नेपाली बजारमा ईभीका ३ ब्राण्डबीच भव्य प्रतिस्पर्धा देख्न पाइने भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img