Thursday, April 23, 2026
spot_img
spot_img

बीवाईडी ‘हाई–टेक वीक’: नेपालमा बिक्रीका लागि उपलब्ध नरहेका ४ ब्रान्ड प्रदर्शन गरिने

spot_img
spot_img

नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले फागुन १४ देखि १८ गतेसम्म काठमाडौँमा ‘बीवाईडी हाई–टेक वीक’ आयोजना गर्ने भएको छ । उक्त अवसरमा ४ वटा ब्रान्डसहित विभिन्न नयाँ प्रविधि प्रदर्शनी हुने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बीवाईडीको सबैभन्दा लेटेस्ट प्लेटफर्म ‘ई–प्लेटफर्म ३.०’ शोकेस गरिनेछ । बीवाईडी, डेन्जा, याङवाङ र फाङचेन्ङबाओ गरि नयाँ ४ वटा ब्रान्ड पनि शोकेस गर्नेछ ।

कार्यक्रममा याङवाङ यु–८ प्लग इन हाइब्रिड समेत प्रदर्शन हुनेछ । डेन्जा डी–९ र शार्क पिकअप पनि कार्यक्रममा देखिनेछन् । यद्यपी, यी कुनैपनि गाडीहरु नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भइसकेका छैनन् ।

एभरेष्ट होटलमा आयोजना हुने ‘बीवाईडी हाई–टेक वीक’मा नेपालमै पहिलो पटक प्रस्तुत हुँदै गरेका ईभी मोडलहरु पनि अनावरण गरिनेछ ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार प्रदर्शनीमा सहभागी हुनेहरुले विभिन्न विशेष अफरहरू पनि प्राप्त गर्नेछन् । साथै, ईभीका विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसर पनि पाउनेछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img